वायु प्रदूषणले लिन्छ वर्षेनी ५० लाखको ज्यान, २० महिना घट्छ आयु

काठमाडौं, २२ जेठ । जून ५ तारिख अर्थात आजको दिनलाई ‘विश्व वातावरण दिवस’ को रुपमा विश्वभर मनाइन्छ । नेपालमा पनि यस अवसरमा वृक्षारोपण देखि स्वास्थ्य शिविर र जनचेतनासम्मका बिविध कार्यक्रम गरी मनाईंदैछ ।

तर नेपालमा सरकारसँग बिग्रँदो वातावरण र वायु प्रदुषणका कारण हुने मृत्यु र स्वास्थ्य जोखिमको तथ्यांक भने छैन । नेपालमा यस प्रकारको समस्याहरुबाट कति मानिसको मृत्यु भयो भन्ने कुनै प्रकारको डाटा नभएको स्वास्थ्य सेवा विभागको भनाइ छ ।

‘स्टेट अफ ग्लोबल एयर २०१९’ को अनुसार वायु प्रदूषणको कारण विश्वभर वार्षिक ५० लाख भन्दा धेरै मानिसहरुको मृत्यु हने गरेको छ ।
अंधाधुन्धरुपमा गरिने विकास योजनको कार्यान्वयन र सुखसुविधाको खोजीमा मानिसले हालसम्म पर्यावरणलाई धेरै क्षति पुर्याई सकेको छ । काठमाडौं उपत्यका मात्र नभइ मुलुकका प्रमुख शहरी क्षेत्रहरु वायुलगायत अन्य प्रदुषणको चपेटामा परिसकेका छन् ।

नेपालकै विकसित मानिने राजधानी काठमाडौंमा वायु प्रदूषणको अवस्था अत्यन्त नाजुक रहेको छ । यहाँ दैनिक सयौंको संख्यामा वायुप्रदुषणका पीडित स्वास्थ्य उपचारको खोजीमा लाग्ने अस्पतालहरु बताउँछन् ।

अव्यवस्थित सडक, फोहोरमैलाको व्यवस्थापन नुहनु तथा अन्य विभिन्न कारणहरुले गर्दा काठमाडौंको वातावरण अत्यन्त प्रदुषित रहेको छ ।
प्रदूषित हावाको कारण नेपाल संगसङ्गै भारत, पाकिस्तान, बंगलादेश आदि देशका बच्चाहरुको औषत आयु २ वर्ष ६ महिना कम रहेको तथ्यांकमा छ । जवकि यो संख्याको विश्वस्तरमा औसत १ वर्ष ८ महिनाको मात्रै रहेको छ ।

स्टेट अफ ग्लोबल एयर २०१९ को तालिकाअनुसार आजको दिनमा जन्मने हरेक बालबालिकाको आयु वायु प्रदूषणको कारण मात्रै २० महिना कम हुने गरेको छ ।
अमेरिकाको यूनिभर्सिटि अफ सिकागोका अनुसार धर्तिमा रहेको वायु प्रदूषणलाई नियन्त्रण गर्न सकेमा मात्रै पनि मानिसको औषत आयु ३ वर्ष ९ महिनाले वृद्धि हुन्छ ।
चीन र भारतमा सबैभन्दा धेरै मानिसहरु वायु प्रदूषणको कारण मर्ने गरेका छन् । भारतमा वार्षिक १२ लाख र चीनमा वार्षिक १४ लाख मानिसहरुको वायु प्रदूषणको कारण मृत्यु हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here