काठमाडौंं फेरि विश्वकै नम्बर एक प्रदूषित शहर

काठमाडौं, २ बैशाख । केहीदिन अघिदेखि विश्वकै पहिलो प्रदूषित शहर बनेको काठमाडौंको प्रदूषण कायमै रहेको छ ।

वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने आइक्युएयर वेबसाइटले काठमाडौंलाई विहिबार पनि प्रदूषित शहरको दोस्रो स्थानमा देखाएको हो ।

विहिबार १२ बजेसम्मको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) को मात्रा १९९ एक्युआई रहेको छ। हिजो अत्यधिक प्रदूषित रहेका नेपालका अन्य शहरमा आज प्रदूषणको मात्रा घट्दै गरेको पाइएको छ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ । काठमाडौंपछि दोस्रो नम्बरमा भारतको नयाँदिल्ली परेको छ । नयाँ दिल्लीको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) को रेटिङ १७७ पुगेको छ। तेस्रो नम्बरमा भारतको दक्षिण अफ्रिकाको शहर परेको छ ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।

सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here