यसरी लिनुहोस् अनलाइनबाट बेड, आइसियू र भेन्टिलेटर खाली भए/नभएको जानकारी

काठमाडौं, १३ जेठ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ की छैन् भनेर अनलाइनबाटै हेर्न सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमा उक्त सुविधा दिएको हो । देशभरका अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पताल, आइसोलेसन सेन्टरको विवरण बेवसाइटमा राखिएको छ।

त्यस्तै प्रदेश अनुसार तथा जिल्लामा रहेका कोभिड–१९ डेलिकेडेड अस्पतालको विवरण समेत बेवसाइटमा राखिएको छ।

कुन अस्पतालमा बेड, आइसियू र भेन्टिलेटर खाली भएको वा नभएको जानकारी लिन सकिन्छ । त्यहाँको गुगल म्यापमार्फत लोकेसन पनि राखिएको छ।

देशभरका ६५ वटा अस्पताल तथा आइसोलेसन सेन्टरको विवरण अनलाइनमा राखिएको छ। थप अस्पतालको विवरण पनि राख्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचार गर्न कोभिड १९ केयर युनिट संचालन गर्ने अस्पतालको संख्या ७६ पुगेका छन् ।

ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीहरुको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ७६ अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशुल्क उपचार हुँदै आएको छ।

कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि (Vacant) भएको वा नभएको जानकारी लिन सुरूमा यहाँ क्लिक गर्नुहोस्

अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ। अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ।

साथै डिटेलमा क्लिक गरेर लोकेसन र फोन नम्बर समेत पाउन सकिनेछ। त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here