महामारीमा बढी रोजगारी गुमाउनेमा घरेलु कामदार

रक्षा रेग्मी

काठमाडौं २ असार । विश्वव्यापी महामारी कोभिड-१९ ले घरेलु कामदार सबैभन्दा बढी मारमा परेका छन् ।

करीव एक दशक पुरानो अन्तरराष्ट्रिय सम्झौताले आफ्नो अधिकारको ग्यारेन्टी दिएपनी कोरोना महामारीमा धेरै घरेलु कामदारले आफ्नो रोजगारी गुमाएको अन्तरराष्ट्रिय श्रम संगठन आइएलओले हालै सार्वजनक गरेको एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार कारोना महामारीमा घरेलु कामदारले अन्य कामदारको तुलनामा २ देखि ३ गुणा बढी आफ्नो रोजगारी गुमाएका छन् ।

यो फिलिपिन्स र भियतनालाई आधार मानेर निकालिएको तथ्यांक हो । अधिकांश घरेलु कामदार श्रम कानुनबाट पूर्ण रुपमा बाहिर रहेकोले यस्तो समस्या आएको जनाइएको छ ।

सन् २०११ म अन्य कामदारहरुले जस्तै उनीहरुलाई पनि सुरक्षा प्रदान गर्ने अधिवेशनको स्वीकृत भएपनी हालसम्म विश्वका करीव ७५ करोड ६ लाख घरेलु कामदारहरुको काम गर्ने अवस्थामा सुधार आएको छैन ।

अन्तरराष्ट्रिय श्रम संगठनको रिपोर्ट अनुसार पाँच जना घरेलु कामदारमध्य एक मुस्किलले एक जनाले मात्र रोजगारसँग सम्बन्धित सामाजिक सुरक्षाको प्रभावकारी जानकारी पाउँछन् ।

त्यसमा पनि एशिया प्रान्तका अधिकांश घरायसी मजदुर राष्ट्रिय श्रम ऐन भन्दा बाहिर रहेको प्रतिवेदनले देखाएको छ । घरेलु कामलाई तत्काल औपचारिकता दिन जरुरी भएको आइएलओको एशिया र प्रशान्त महासागरका लागि महानिर्देशक चीहोको आसादा मियाकावाले बताए ।

‘श्रम तथा सामाजिक सुरक्षा ऐनमा घरेलु कामलाई समावेश गरी उनीहरुलाई तत्काल सुरक्षाको प्रत्याभुती गर्नुपर्ने देखिन्छ’ उनले भने । उनका अनुसार विश्वमा १० मध्य ८ जना घरेलु कामदार अनौपचारिक क्षेत्रमा संलग्न छन् ।

प्रतिवेदनका अनुसार एशियाका ८४ दशमलव ३ प्रतिशत घरेलु कामदार अनौपचारिक रोजगारीमा छन् । घरेलु कामदारले कामको तुलनामा कम ज्याला पाउछन् । त्यसमा पनि अनौपचारिक भएको अवस्थामा श्रम बजारमा सबैभन्दा कम तलब पाउने गरेको रिपोर्टले देखाएको छ ।

प्रतिवेदनका अनुसार घरेलु कामदारको काम गर्ने समयमा कानुनी सीमा छैन । नत हालको श्रम कानून अन्र्तगतको साप्ताहिक विदा ६४ प्रतिशत कामदारले पाउदैनन् ।

एसियमा १५ बर्ष माथिका ३८ करोड ३ लाख घरेलु कामदार छन् । जसमध्य ७८ दशमलव ४ प्रतिशत महिला रहेको प्रतिवेदनमा उल्लेख छ ।

एशियामा ३ करोड ८३ लाख घरेलु कामदार छन् । जुन विश्वको जम्मा कारमदारको ५० दशमलव ६ प्रतिशत हो । जसमध्य चीनमा मात्र २ करोड २० लाख घरायसी कामदार छन् ।

त्यस्तै भारतमा ४८ लाख, फिलिपिन्स २० लाख बंगलादेश १५ लाख, र इन्डोनेशिया १२ लाख घरायसी कामदार छन् ।

एशियामा घरायसी कामदारमध्य ७८ दशमलव ४ प्रतिशत महिला छन् । त्यसो त विश्वमा सबै भन्दा पुरुष घरायसी कामदार पनि एशियाली मुलुककै छन् । विश्वका एशियाकामात्र ४६ दशमलव १ प्रतिशत घरेलु कामदार छन् ।

एशियाका ६१ दशमलव ५ प्रतिशत घरेलु कामदारश्रम कानुनबाट पूर्ण रुपमा बाहिर रहेको देखिएको छ । त्यस्तै ८४ दशमलव ३ प्रतिशत घरेलु कामदार अनौपचारिक रोजगारीमा छन् ।

धेरै काम, कम तलब

विश्वका ६४ प्रतिशत कामदार साप्ताहित बिदा पाउदैनन् । त्यसमा पनि एसियाका १९ प्रतिशत घरायसी कामदारले मात्र अन्य कामदारहरुले जस्तो बार्षिक बिदाको समान हक पाएका छन् ।

एशियाका आधा कामदारले हप्तामा ४८ घण्टा काम गर्छन् । ११ प्रतिशत कामदारले मात्र अन्य कामदारले जस्तो न्यूनतम पारिश्रमिक पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here