गर्भावस्थाको तनावले भ्रुणको मस्तिष्क विकासमा असर

काठमाडौं । गर्भावस्थामा लिएको तनावले गर्भमा रहेको बच्चाको मस्तिष्कलाई असर गर्न सक्ने अध्ययनले देखाएको छ । जामा ओपन नेटवर्कमा प्रकाशित नयाँ अध्ययनले गर्भावस्थामा गर्भवती महिलाले अनुभव गर्ने तनावले गर्भामा भएको भ्रुणको मस्तिष्कको विकासलाई असर गर्नसक्ने देखाएको हो ।

चिन्ताको स्तर उच्च भएका गर्भवती महिलाको भ्रुणमा उच्च संज्ञानात्मक कार्यमा संलग्न मस्तिष्क क्षेत्र तथा भावनात्मक र व्यवहार नियन्त्रणमा जडित मस्तिष्कको भागबीचको सम्बन्ध कमजोर हुने अध्ययनले देखाएको हो ।

गर्भावस्थामा महिलामा हुने चिन्ताको विषाक्त तहले गर्भाशयमा भ्रुणको दिमागमा प्रत्यक्ष असर पार्ने वाशिङ्गटन डिसीको चिल्ड्रेन नेश्नल डिभलपिङ ब्रेन इन्स्टिच्यूटका निर्देशक तथा अध्ययनकी लेखिका क्याथरिन लिम्पेरोपौलसका बताउँछिन् । गर्भवती महिलाले अनुभव गरिरहेको हरेक कुरा उनको गर्भमा रहेको बच्चाले पनि अनुभव गर्ने लिम्पेरोपौलसको भनाइ छ ।

क्लिनिकल अध्ययनहरूले तनावग्रस्त आमाबाट जन्मेका शिशुमा मोटर समन्वय अशक्त हुने, भावनात्मक प्रतिक्रिया उच्च हुने तथा बोल्न ढिलाइ हुने देखाएको छ । यसबाट मस्तिष्कको नयाँ कुरा सिक्ने तथा स्मरण गर्ने क्षेत्रमा पनि प्रभाव पर्छ । गर्भावस्थामा हुने तनावलाई प्रिम्याचर डेलिभरी अर्थात् समयपुर्व हुने शिशुको जन्मसँग पनि जोडिएको छ ।

तनावले गर्भवती महिलालाई मात्र नभएर भविष्यमा लामो समयसम्म बच्चालाई असर गर्नसक्छ । सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here