स्क्रब टाइफस : यस्ता छन् लक्षण र बाच्ने उपाय

काठमाडौं । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रुप लिन सक्छ, जस्तै मस्तिष्क, फोक्सो, कलेजो आदिको संक्रमण र कहिलेकाही बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) अवस्था पनि सिर्जना हुनसक्छ ।

स्क्रब टाइफस मानिसमा कसरी सर्छ ?

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले टोके यो रोग मानिसमा सर्छ ।

स्क्रब टाइफस लक्षण

१. आँखा रातो हुनु,
२. उच्च ज्वरो,
३. टाउँको धेरै दुख्नु,
४. टोकेको ठाउँमा कालो दाग हुने,
५. जोर्नी र मांशपेशी दुख्ने,
६. बिमिरा देखिनु,
७. खोकी, वान्ता, पेट दुखाई र पेट दुख्नु,
८. सास फेर्न अप्ठ्यारो हुनु आदी ।

यस्ता छन् बच्ने उपाय

१. किर्नाको टोकाईबाट बच्न खेत, झाडी वा जंगल जादाँ लामो बाहुला भएका कपडा र उपयुक्त जत्ता लगाउने ।
२. घर वरिपरिका खेतबारीमा घाँसहरु धेरै बढ्न नदिने र बवातावरण सफा राख्ने,
३. मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्य भण्डारण गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here