यूएईमा नयाँ श्रम कानून: निजी क्षेत्रमा काम गर्नेको ‘ब्रेक’ समय ‘वर्किङ आवर’ मा नसमेटिने

काठमाडौं, ९ मंसिर । यूएईको निजी क्षेत्रको कम्पनीमा कार्यरतहरुका लागि नयाँ श्रम कानून लागू हुने भएको छ ।

२०२२ फेब्रुअरी २ तारिक देखि लागू हुने कानूनले श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ ले अघिल्लो श्रम कानून सन् १९९० को संघीय कानुन नम्बर ८ लाई लाई प्रतिस्थापन गर्नेछ ।

नयाँ कानूनको धारा १७ र १८ ले काम गर्ने घण्टा कसरी गणना गरिन्छ र कामदारले विश्राम गर्न अघि काम गर्न सक्ने अधिकतम समय कति हुन्छ भनेर तोकिएको गल्फ न्युजले जनाएको छ ।

धारा १७ ले निजी कम्पनीमा काम गर्ने श्रमिकले बढीमा ८ घण्टा र हप्तामा ४८ घण्टासम्म काम गर्ने व्यवस्था गरेको छ ।

तोकिएका निश्चित वर्गबाहेकलाई आफ्नो निवासदेखि कार्य क्षेत्रसम्म पुग्न लाग्ने समय अफिसको ‘वर्किङ आवर’मा समेटिने छैन ।

धारा १८ मा एक वा त्यो भन्दा बढी ‘ब्रेक’बिना लगातार पाँच घण्टा काम गर्न नसकिने भन्दै आठ घण्टाको अवधिमा समग्रमा कम्तीमा एक घण्टाको ‘ब्रेक’ लिन सकिने र त्यो समय ‘वर्किङ आवर’मा नसमेटिने उल्लेख छ ।

यस्तै ‘ब्रेक’को समय र काम गर्ने अवधिलाई पालैपाले मिलाउन सकिने पनि उल्लेख छ । यद्यपि, यी नियमहरू हुन् जसले यूएईमा प्रायजसो निजी क्षेत्रका कम्पनीमा काम गर्ने कर्मचारीहरूको लागि कामको अवधि कभर गर्दछ ।

अधिकतम सामान्य काम घण्टा एक दिन आठ काम घण्टा वा हप्ताको ४८ काम घण्टा हुनुपर्ने छ ।

मन्त्रिपरिषद्ले मन्त्रीको प्रस्तावमा र सम्बन्धित निकायको समन्वयमा काम निषेधित अवस्थामा काम गर्ने समय, विदा र घण्टाको अतिरिक्त निश्चित आर्थिक क्षेत्र वा निश्चित वर्गका कामदारको दैनिक कार्य घण्टा बढाउन वा घटाउन सक्नेछ ।

यस डिक्री–कानूनको कार्यकारी नियमहरूद्वारा निर्धारित जनशक्ति वर्गीकरण अनुसार कामदारहरूको निश्चित वर्गहरूको लागि हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here