‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक, के-के छ सुविधा ?

काठमाडौं, २३ मंसिर । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।

‘नबिल डिजिबैंक पोर्टल’ मार्फत बैंकका ग्राहकहरूले एकद्धार मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बताए ।

उनका अनुसार विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धी मध्ये नबिल डिजिबैंक पनि एक हो ।

बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ ।

यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको जनाइएको छ । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दई नयाँ अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।

भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दई विकल्प उपलब्ध भएको छ ।

भीकेवाइसी छनोट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एप भित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, व्यालेन्स टप–अप पनि गर्न सकिन्छ ।

ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैयाँ बाहेका) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here