‘फाइभ-जी’ मोवाइल नेटवर्कका कारण हवाई उडान कसरी असुरक्षित ?

काठमाडौं, ८ माघ । अमेरिकाका १० वायुसेवा कम्पनीले फाइभजी सेवाले हवाई सुरक्षामा खराब परिणाम दिन सक्ने चेतावनी दिएसँगै अमेरिकामा तत्कालका लागि यो सेवा कार्यान्वयनमा नआउने भएको छ ।

उनीहरूले नयाँ प्रविधिले हजारौँ उडानको समय ढिलो बनाउन सक्ने र लामो समयसम्म विमान ग्राउन्डेड बनाउने जोखिम रहेको बताएका छन्। बीबीसीका अनुसार फाइभ जी रेडिओ सिग्नलमा निर्भर हुन्छ।

अमेरिकामा फाइभजीका लागि प्रयोग भइरहेका रेडिओ सिग्नलहरू सी-ब्यान्ड नामक स्पेक्ट्रमको अंश हुन्। फ्रिक्वेन्सी विमानले जमिनबाट हवाईजहाजको उचाइ र सुरक्षा अनि न्याभीगेशन प्रणालीबारे जानकारी लिन प्रयोग गर्ने उपकरण नजिकैका हुन्।

पछिल्लो चिन्ता भनेको फाइभजीले त्यो उपकरणलाई बाधा पुर्‍याउने र विशेष गरी विमान अवतरण गर्दा सुरक्षामा जोखिम निम्त्याउन भन्ने हो।

विमानका लागि यो जोखिम कति ?
सन् २०२० को अन्त्यमा हवाई उड्ड्यनका विषयहरूमा प्राविधिक मार्गनिर्देशिका जारी गर्ने अमेरिकी संस्था आरटीसीएले यो विषयमा प्रतिवेदन दिएको थियो। उसले उपयुक्त नियन्त्रणका कदमको अभावमा अमेरिकाको उड्डयनका क्षेत्रमा धेरै हताहत हुने र ठूलो असफलतासहित वृहत् प्रभाव पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो।

अमेरिकी उड्डयन नियामक निकाय एफएएले फाइभजीले बोइङ ७८७ ड्रीमलाइनरजस्ता विमानका विभिन्न प्रणालीमा समस्याहरू निम्त्याउन सक्ने बताएको छ। उक्त प्रविधिले अवतरणअघि विमानको गति घटाउन अप्ठेरो पार्न सक्ने र त्यसका कारण विमान धावनमार्गबाट उछिट्टिने जोखिम रहने भनिएको छ।

यस्तो परिस्थितिमा विमानहरूलाई रेडिओ अल्टिमिटर उपकरण प्रयोग गर्न दिइने छैन। तर त्यसले कम भिजिबिलिटी अर्थात् प्रकाश भएको अवस्थामा अवतरण गर्ने विमानको क्षमतालाई कमजोर बनाउने छ।

अमेरिकाका १० वटा विमान कम्पनीहरूको प्रतिनिधित्व गर्ने एयरलाइन्स फर अमेरिकाले यसबाट मौसमी प्रतिकूलता भएको अवस्थामा १,००० भन्दा बढी उडानहरू ढिला हुने वा रद्द हुने जोखिम रहेको बताएको छ। यस्तो तहमा त्यो चिन्ता छैन किनभने विभिन्न देशहरूमा अलगअलग ढङ्गले फाइभजी सेवा विस्तार भइसकेको छ ।

उदाहरणका लागि युरोपेली सङ्घमा नेटवर्क सञ्चालकहरूले अमेरिकी सेवा प्रदायकहरूले प्रयोग गर्ने योजना बनाएको भन्दा कम फ्रिक्वेन्सीमा फाइभजी सञ्चालन गरिरहेका छन्। यसले विमानका उपकरणमा बाधा पुर्‍याउने जोखिम कम छ।

फाइभजीका टावरहरू पनि कम शक्तिमा सञ्चालित हुन सक्छन्। यसबाहेक अन्य देशहरूले सम्भावित जोखिम कम गर्न थप कदमहरू चालेका छन्। फ्रान्समा बफर जोन भनिने क्षेत्र विमानस्थल वरपर छन् जहाँ फाइभजी सिग्नलहरूमा नियमन गरिएको छ र एन्टेनाहरू तल राख्नुपर्ने व्यवस्था गरिएको छ।

अमेरिकामा विमान कम्पनीहरुले फाइजी प्रभावित विमानस्थलका दुई माइल क्षेत्रमा फाइभजी सञ्चालन गर्नै नहुने माग गरेका छन्। अघिल्लो महिना अमेरिकी वायरलेस उद्योगहरूको निकाय सीटीआईएले हवाई उद्योगलाई भय फिँजाइरहेको आरोप लगाउँदै फाइभजी लागु गर्न विलम्ब गरिँदा त्यसले अर्थतन्त्रमा वास्तविक क्षति पुर्‍याउने चेतावनी दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here