यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको तेल

काठमाडौं, २९ माघ । चालू आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई रु.११८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई नै हेर्ने हो भने चालू आर्थिक वर्षको छ महिनामा निर्यातमा सोयाविन तेलका हिस्सा २८.८ प्रतिशत रहेको छ । यस अवधिमा यो तेल निर्यातमा १०१.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

छ महिनामा तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ ।

त्यस्तै, निर्यातको सर्वाधिक हिस्सा लिने वस्तुको दोस्रो स्थानमा पाम तेल रहेको छ । जसको हिस्सा २६.९ प्रतिशत रहेको छ ।

यस अवधिमा पाम तेल तीन अर्ब १९ करोड ७५ लाख रुपैयाँको निर्यात भएको छ ।

नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो ।

नेपाल हुँदै भारततर्फ भटमासको तेल निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट मात्रै बनाएका हुन् ।

त्यस्तै, निर्यातको सर्वाधिक हिस्सा लिने वस्तुको दोस्रो स्थानमा पाम तेल रहेको छ । जसको हिस्सा २६.९ प्रतिशत रहेको छ । यस अवधिमा पाम तेल तीन अर्ब १९ करोड ७५ लाख रुपैयाँको निर्यात भएको छ ।

त्यस्तै, नेपालबाट निर्यातको अर्को ठूलो हिस्सा हिस्सा लिएको अर्को वस्तु हो, धागो छ । चालूू आर्थिक वर्षको छ महिनामा धागो निर्यातमा २१.९ प्रतिशतले वृद्धि भएको छ । जसको निर्यातको हिस्सा ३.८ प्रतिशत रहेको छ । यस अवधिमा ४४ करोड ६१ लाख रुपैयाँको धागो निर्यात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प्रमुख निर्यातित वस्तुहरुमा गलैचा र जुट रहेको छ । यी वस्तुको निर्यातको हिस्सा ३ प्रतिशतभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको छ महिनामा ४३ करोड ९६ लाख रुपैयाँको गलैचा निर्यात भएको छ भने ३९ करोड ३३ लाख रुपैयाँको जुट निर्यात भएको छ ।

त्यस्तै, यस अवधिमा २५ करोड ८२ लाख रुपैयाँको जुस निर्यात भएको छ । तयारी कपडाहरु २३ करोड ६७ लाख रुपैयाँ, अलैंची २२ करोड ७३ लाख, चिया १८ करोड ४७ लाख, कपडाहरु १६ करोड ६६ लाख रुपैयाँ र पश्मिना १५ करोड ६८ लाख रुपैयाँको निर्यात भएको छ ।

यस अवधिमा पिना निर्यात १३६.६ प्रतिशतले बढेको देखिन्छ । जुन २२ करोड २२ लाख बराबरको पिना निर्यात भएको हो । तथ्यांकमा उल्लेख भए अनुसार चालू आर्थिक वर्षको छ महिनामा ९ करोड ९३ लाखको चाउचाउ निर्यात भएको छ ।

त्यस्तै, यस अवधिमा आयुर्वेदिक औषधी ८ करोड ९९ लाखको, ६ करोड ९० लाखको चाँदी तथा ज्वलरीका समान, ६ करोड ४३ लाखको जडीबुटी, ६ करोड ४१ लाख रुपैयाँको गम (रोजिन), ६ करोड १६ लाखको जुत्ता तथा चप्पल, ५ करोड ४३ लाखका हस्तकलाका सामाग्री र ४ करोड ८८ लाख रुपैयाँको सांगितीक बाजाहरु तथा यसका पार्टहरु निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here