दुई अर्बको नागरिक बचतपत्र विक्री खुला, दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारबाट दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८३’ ‘क’ बिक्री खुला गरेको छ ।

केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।

उक्त बचतपत्र चैत १ देखि २० गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने चैत ३० तोकिएको छ।

बैंकले ३० चैत २०८३ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।

ब्याज भुक्तानी लिने स्थान: आफूलाई पायक पर्ने बैंक बित्तीय संस्थाहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु ।

खण्डित अवधिको ब्याज: खरीदको लागि रकम बुझाएकै मिति देखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने ।

बचतपत्रको किसिम: स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने । लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने।

दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्

नागरिक बचतपत्रको दरखास्त पेश गर्ने विस्तृत प्रक्रिया

नागरिक बचतपत्रको दरखास्त पेश गर्ने विधि र तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here