अत्यधिक बढ्यो इण्टरनेटको प्रयोग, ८ महिनामा ३ अर्ब बढीको राउटर आयात

काठमाडौं, १० चैत । नेपालमा इण्टरनेटको प्रयोगकर्ताको संख्या अत्याधिक रुपमा बढेको छ । पछिल्लो समय प्रविधिको युगसँगै घरघरमा इण्टरनेटको प्रयोगकर्ता अत्याधिक रुपमा बढेका हुन् ।

कोरोना महामारीको समयमा पठनपाठन, भर्चुअल मिटिङलगायत सम्पूर्ण कार्यले गर्दा एक खालको इण्टरनेटको प्रयोगकर्ता बढेका छन् । जसको प्रभाव राउटरमा परेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ ।

फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरका ९ लाख ४२ हजार ८०७ ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट ३ अर्ब ७ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ९ लाख १९ हजार ४३० ओटा राउटर आयात भएको छ ।

यसपछि अमेरिकाबाट ४ करोड ७६ लाख १० हजार बराबरको ११,४३७ थान, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार ६०२, लिथुआनियाबाट ३५ लाख ५८ हजार बराबरको २ हजार २५० वटा आयात भएको छ ।

यसैगरी भारतबाट १७ लाख ७ हजार बराबरको ६१४ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भिया बाट ८७ लाख ७४ हजार बराबरको ३८३ थान राउटर भित्रिएको देखिन्छ।

बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १,७०० थान, ताइवानबाट १ करोड ४२ लाख १२ हजार बराबरको १ हजार ९६३ ओटा राउटर आयात भएको तथ्यांकले देखाएको छ ।

उक्त आयातबाट ५९ करोड ८ लाख ६० हजार रूपैयाँ राजस्व सरकारलाई प्राप्त भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो समय इण्टरनेट कनेक्टिभिटी दोब्बरले बढेको छ । त्यसका आधारमा राउटर, अप्टिकल फाइबरको आयात बढेको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।

खपत बढेसँगै इण्टररनेटको ब्यान्डविथ पनि बढेको छ । यसले गर्दा राउटरको माग बढी भएको हो ।

त्यस्तै, बजारमा ब्यान्डविथ बढेपछि पुरानो राउटरहरू अपग्रेड गर्नुपर्ने भएकाले पनि खपत बढी हुन गएको जनाइएको छ ।

नेपालमा चीन, भारत, अमेरिका,अस्ट्रेलिया लिथुआनिया, बेल्जियम ताइवान भियतनाम, लात्भिया, मलेसियाबाट जर्मनी, हङकङ, जापान कोरिया लाओस मलेसिया थाइल्याण्ड यूएई लगायत देशबाट राउटर आयात हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here