गुलियोमा भुल्दै नेपाली, ११ महिनामा खाए ३ अर्बको विदेशी चकलेट

काठमाडौं, १९ असार । चकलेट हामीमध्ये धेरैलाई मन पर्छ । बच्चाहरु त झन चकलेट भनेपछि हुरुक्कै हुन्छन् ।

चकलेटको गुलियो स्वादमा नेपालीहरु यसरी रमाउँदैछन् कि एघार महिनाको अवधिमा तीन अर्बको विदेशी चकलेट खपत भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ।

त्यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्सजस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ।

भारत लगाएत अन्य देशहरु बंगलादेश, चीन, साउदी अरब, मलेसिया, अमेरिका जस्ता देशबाट वार्षिक करोडौं रकम बराबरको चकलेट आयात हुने गरेको छ ।

विदेशबाट विशेषगरी डेरीमिल्क,किटक्याट मार्स, ग्यालेक्सी, स्न्याकर्स जस्ता चकलेटहरु आयात हुने गरेका छन् ।

नेपालमा पनि चकलेट उत्पादन हुँदै आएको पाईन्छ । नेपालमा झण्डै दुई दर्जन चकलेट उद्योगहरु सञ्चालनमा रहेका छन् ।

चकलेटका लागि आवश्यक आवश्यक कच्चा पदार्थ उद्योगहरुले चीन, भारत, मलेसिया, साउथ एसिया तथा युरोपेली मुलुकबाट आयात हुँदै आएको छ ।

चकलेटका लागि कोका, फ्लेवर, रङ, गम, घ्युलगायत कच्चा पदार्थ आवश्यक पर्छ । यस्ता सामग्रीहरु स्वदेशमा नबन्ने भएकोले पनि आयातमा भर पर्नुपरेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन्। तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here