झुत्रा नोट कसरी गरिन्छ नष्ट ? राष्ट्र बैंकले ल्यायो नियमावली

काठमाडौं । नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमवली, २०७८ जारी गरेको छ । नेपाल राष्ट्र बैंकले पुरानो तथा झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य वा जाली नक्कली ठहर भएका नोटलाई के कसरी व्यवस्थापन गर्ने भनेर नियमवली जारी गरेको हो ।

जस अनुसार जाली तथा नक्कली भनी जफत भएका नोटलाई राष्ट्र बैंकले ढुकुटीमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

ऐन तथा नियमावलीअनुसार धुल्याउनुपर्ने(नष्ट) नोटको प्रक्रियाको समग्र रेकर्ड हुनेगरी सीसीटीभी जडान गर्नुपर्ने र त्यस्तो रेकर्ड ३ महिनासम्म राख्नुपर्ने व्यवस्था गरेको छ ।

नोटको गन्ती, रुजु गर्ने कामको रेकर्ड राख्नुपर्ने छ। त्यस्तै धुल्याउने मेशिन तथा फर्नेश रहेको ठाउँकोसमेत आउनेगरी रेकर्ड गर्नुपर्ने छ।

यो नियमावली अनुसार सट्टाभर्नाका लागि आएका तर चल्तीमा ल्याउन अयोग्य, बैंकले चलनचल्तीमा ल्याउनका अयोग्य ठहर गरेका र जाली तथा नक्कली भनेर जफत भएका नोट धुल्याउने तथा नष्ट गरिन्छ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।

राष्ट्र बैंकले यस अघिसम्म पुरानो तथा झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य ठहर भएका नोट जलाएर नष्ट गर्ने प्रक्रियालाई ‘स्रेडिङ तथा ब्रिकेटिङ गर्न थालेकोछ ।

राष्ट्र बैंकले प्राप्त भएका धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्नेछ । लगत खडा गरिएका नोट ढुकटीबाट फर्नेश वा स्रेडिङ्ग तथा ब्रिकेटिङ्ग मेशिन रहेको स्थानसम्म लैजाँदा सुरक्षित तवरले लैजाने व्यवस्था मिलाउनुपर्नेछ ।

नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नुपर्नेछ । धुल्याउन छुट्याइएको नोटको पुनः गिन्ती गर्दा अपुग भएमा कर्मचारीबाट असुल उपर वा जाली भेटिएमा रुजु गर्ने कर्मचारीलाई जिम्मेवार बनाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here