यस्ता छन् सुन्तला खानुको अनेक फाइदा, यी समस्या भएका मानिसका लागि हानिकारक !

काठमाडौं । चिसो मौसममा घाम ताप्दै सुन्तला खानुको आनन्द सबैले लिनुभएकै होला । सुन्तला खाँदा जति रसिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।

सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । सुन्तला मुटुलाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक हुन्छ ।

नेपालको पहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ भने पेटसम्बन्धी समस्या, हड्डीसम्बन्धी समस्या, तौल बढ्ने जस्ता रोगका लागि बेफाइदा पनि हुन्छ ।

खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यको हिसाबले पनि सुन्तला निकै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । साथै, बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।

यस्ता छन् सुन्तला खानुका फाइदाः

छालाको सुरक्षा

सुन्तलामा बेटा क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

मिर्गौला स्वस्थ राख्छ

सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

कोलेस्टरोल घटाउँछ

सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

मुटु बलियो बनाउँछ

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउँछ

कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

क्यान्सरको जोखिम घटाउँछ

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

सुन्तला सेवनका बेफाइदाः

हाडजोर्नी सम्बन्धी समस्या

सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ ।

रगतमा चिनीको मात्रा बढ्छ

बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।

पेटसम्बन्धी समस्या

भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रामा हुन्छ । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

तौल बढ्ने

भिटामिन सीले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बिगार्न पनि सक्छ । जसले तौल बढ्ने समस्या बढ्छ ।

एसिड रिफ्लेक्सको चिन्ता

खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ ।

पाचनसम्बन्धी समस्या

जसलाई पाचनसम्बन्धी समस्या छ, उसले सुन्तला खानु हुँदैन। सुन्तलामा फाइबरको मात्रा अधिक हुन्छ। यदि तपाईंले धेरै सुन्तला खानु भयो भने तपाईंको स्वस्थ्यलाई हानि पुग्न सक्छ। पाचन प्रणालीमा असर पुग्न सक्छ। त्यसैले यस्तो समस्या भएका बिरामीले सुन्तला खानबाट बच्नुपर्छ।

दाँतसम्बन्धी समस्या

नेपाल समय धेरै सुन्तला खानाले दाँतमा समस्या हुन सक्छ। सुन्तलामा एसिड हुन्छ, यो दाँतको इनेमलमा रहेको क्याल्सियमसँग जोडिन्छ र ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ। यसबाट क्याबिटी पनि हुन सक्छ।

(नोटः यो सामग्री सामान्य जानकारीको लागि अन्तर्राष्ट्रिय सञ्चार माध्यमका सहयोगमा प्रकाशित गरेका हौं । योग्य चिकित्सकको राय होइन, थप जानकारीको लागि विशेषज्ञ वा डाक्टरसँग परामर्श गर्नुहोस् । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here