डेंगुको जोखिम बच्चाहरुमा धेरै, कसरी बच्ने ?

काठमाडाैं । वर्षातको समयमा तराईका विभिन्न भागहरुमा डेंगुको प्रकोप बढेको समाचारहरुमा आइरहेका छन् ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको समयमै उपचार भएन भने बिरामीको ज्यानै समेत जान सक्छ ।

वयष्क मानिसको तुलनामा बच्चाहरुमा डेंगु रोग लाग्ने जोखिम सबैभन्दा धेरै हुन्छ । बच्चाहरुको शरीर कमजोर हुने र रोग प्रतिरोधक क्षमता पनि कम हुने भएको कारण बच्चाहरुलाई यो रोगले छिटो आक्रमण गर्छ ।

डेंगु लाम्खुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु रोगको लक्षण सजिलै थाहा पाउन सकिन्छ । निरन्तर ज्वरो आउनु यसको सबैभन्दा ठुलो लक्षण हो ।

थाहा पाइराखौं डेंगुका लक्षणहरुः

लक्षण

— ज्वरो धेरै आउनु

— भोक कम लाग्नु

— कमजोर हुनु

— छालामा दाग हुनु

— खोकी लाग्नु

— शरीर दुख्नु

कसरी बच्ने ?

— डेंगुको लक्षण देखिना साथै स्वास्थ्य संस्थामा गएर परीक्षण गर्ने र रोग लागको पुष्टी भएमा तुरुन्त उपचार गर्ने ।

— डेंगु र ज्वरोबाट बच्नको लागि धेरै भन्दा धेरै तरल पदार्थ सेवन गर्ने ।

— बच्चाहरु धेरै चिल्लो र मसालेदार खानेकुराबाट टाढा राख्दै केही मात्रामा पौष्टिक पदार्थ भएको खानेकुराहरु खुवाउने ।

— यस्तो अवस्थामा बच्चाहरुलाई सजिलै पच्ने खानेकुराहरु जस्तै सूप, फलफूल, उमालेको तरकारीहरु खान दिनुपर्छ ।

— स्तनपान गरीरहेको बच्चा छ भने बच्चाको सतनपान रोक्नु हुन्न । आमाको दुधका धेरै मात्रामा पौष्टिक तत्व पाइन्छ । जसले रोगसँग लड्न सहयोग गर्छ ।

—लामखुट्टेको टोकाइबाट बच्न सुत्दा झुलको प्रयोग गर्ने झुलको सट्टामा लिक्विड भ्यापोराइजर र धुपको प्रयोग पनि गर्न सकिन्छ ।

— घर तथा वरिपरिको वातावरण सफा र स्वच्छ राख्ने, लामखुट्टे बस्ने पानीको खाल्डोहरु पुर्ने । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here