एउटै भ्यागुता तीन किलो भन्दा बढीकाे, आफै बनाउँछ तलाउ

काठमाडौं । एउटा पुरानो नेपाली भनाइ छ–जति जोखेपनि भ्यागुताको धार्नी पुग्दैन ।

हाम्रो गाउँघर तीर पाइने भ्यागुताको तौल कम हुने र धेरैवटालाई एउटै तुलामा राखेर जोख्न खोज्दा उफ्रिएर भाग्ने भएर सायद यसो भनिएको होला ।

तर, अफ्रिकी जंगलमा पाईने एक प्रजातीको भ्यागुताले भने याे भनाइलाई गलत साबित गरिदिन्छ । किनभने याे भ्यागुता एउटै एक धार्नी भन्दा बढी हुन्छ । गोलियथ प्रजातीको भ्याुगताको तौल ३ किलो ३ सय ग्राम सम्म हुन्छ ।

संसारकै सबैभन्दा ठूलो यो दुर्लभ प्रजातीको भ्यागुताको लम्बाई पनि ३३ सेन्टीमिटर सम्म हुने पाइएको छ ।

यो तौल र लम्बाईमा उनीहरुको खुट्टा भने समावेश गरिएको छैन् । खुट्टा समावेश गर्दा अझै बढी हुन्छ ।

अझ, रोचक त के छ भने यो भ्यागुताले आफ्नो बच्चाहरुको सुरक्षाको लागि विभिन्न प्रकारका पात पतिंगरहरुबाट घेरिएको छुट्टै पानीको तलाउ बनाउने रहेछ ।

‘जर्नल अफ नेचुरल हिष्ट्री’ का अनुसार यस्ता भ्यागुताहरुमा सानो र सुरक्षित पानीको तलाउ निर्माण गर्ने क्षमता हुन्छ ।

जनरलका अनुसन्धानकर्ता मार्विन शेफका अनुसार यी भ्यागुता ठुलो हुनुका साथै आफ्नो बच्चाको सुरक्षा आफै गर्ने गर्छन् ।

यो प्रजातीको भ्यागुताले आफ्नो अण्डा सुरिक्षत राख्नको लागि सबैभन्दा पहिले सुरक्षित स्थान खोज्छ र त्यहाँ सानो तलाउ निर्माण गर्छ ।

त्यसपछि तलाउन बनाएको ठाउँमा पात पतिंगर जम्मा गरेर आफ्नो बच्चालाई सुरक्षित गर्ने गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here