पाचन प्रणाली राम्रो बनाउन के गर्ने ? अपनाउनुहोस् यी १० टिप्स

कुनै पनि मानिसको जीवनशैली र खानाको रोजाइले शरीरको खाना पचाउने तरिकामा प्रभाव पार्छ । प्रसस्त पानी पिउने, फाइबरयुक्त खाना खाने र नियमित व्यायाम गरेमा हामीले आफ्नो पाचन प्राचन प्रणाली राम्रो बनाउन सक्छौं ।

पाचन प्रणालीले हामीले खाएको खानाबाट शरीरलाई आवश्यक पर्ने पोषण तत्वलाई छुट्याउँछ । यदि हामीले आफ्नो पाचन स्वास्थ्यलाई बेवास्ता गर्यौं भने हाम्रो शरीरले उचित पोषण प्राप्त नगर्न सक्छ ।

पाचन प्रणाली राम्रा बनाउन के गर्ने त ?

१. फाइबरयुक्त खाना खाने

मार्वल हेड म्यासाचुसेट्सका पोषण कन्सल्ट्यान्ट मारिया एडम्सका अनुसार प्रसस्त फाइबर भएको अन्न, सब्जी, फलफूलले पाचन स्वास्थ्यमा सुधार गर्न सक्छ । यसले हामीलाई स्वस्थ तौल कायम गर्नको लागि पनि सहयोग गर्छ ।

२. घुलनशिल र अघुलनशिल दुवै खाले फाइबर लिने

घुलनशिल र अघुलनशिल दुवै खालको फाइबर लिन आवश्यक छ । यी दुवै खालका फाइबरले छुट्टाछट्टै तरिकाले काम गर्छ । अघुलनशिल फाइबर गहुँको ब्रान, सागसब्जी र अन्नहरु बाट प्राप्त गर्न सकिन्छ भने घुलनशिल फाइबर ओट्स ब्रान, बदाम, गेडागुडी र फलफूलबाट लिन सकिन्छ ।

३. चिल्लो हुने खानेकुराहरु थोरै खाने

सामान्यतया चिल्लो खानाले मानिसको पाचनप्रणालीलाई ढिलो बनाउँछ र कब्जीयत गराउँछ । तर, हामीलाई खानाबाट केही चिल्लो पनि चाहिन्छ, त्यसैले फाइबरको साथमा चिल्लो युक्त खाना मिसाएर खाँदा त्यसले पाचनप्रणालीलाई सजिलो बनाउँछ ।

४. बोसो नभएको मासुमात्रै खाने

स्वस्थ खानाको एक महत्वपूर्ण हिस्सा प्रोटिन हो । तर, मासुमा हुने चिल्लोले पाचनलाई असजिलो बनाउन सक्छ । त्यसैले जब तपाईं मासु खानुहुन्छ त्यतिखेर छाला नभएको कुखुराको मासु वा बोसो नभएको मासु खान सक्नुहुन्छ ।

५. खानामा प्रोबायेटिक्स सम्मिलित गराउने

प्रोवायोटिक्स त्यस्तो खालको स्वस्थ ब्याक्टेरिया हो जुन मानिसको पाचनप्रणालीमा प्राकृतिक रुपमा हुन्छ । यसले एन्टिबायोटिक्स, तनाव र अस्वस्थ खानाबाट लडेर शरीर स्वस्थ राख्छ ।

यसको साथै प्रोवायोटेक्सले पोषण प्राप्त गर्ने सक्ने क्षमतालाई पनि बढाउँछ रोग प्रतिरोधी क्षमता बढाउँछ र आइबिएसको उपचार गर्न सहयोग गर्छ । यसको लागि कम चिल्लो भएको दही वा पिउन सकिन्छ ।

६. खाना खाने नियमित तालिका बनाउने

खाना नास्ताहरु नियमित तालिका अनुसार खानुहोस् । त्यसले पाचन प्रणालीलाई एउटा आकार दिन्छ । सधैं एकै समयमा ब्रेकफास्ट, लञ्च, डिनर र स्न्याक्स लिने बानी बसालेमा भने पाचनप्रणालीमा समस्या आँउदैन् ।

७. पर्याप्त पानी पिउने

पर्याप्त पानी पिउनु पाचन स्वास्थ्यको लागि धेरै नै राम्रो कुरा हो । एडम्सका अनुसार फाइबरले धेरै नरम दिशा उत्पादन गर्नको पानी धेरै खिच्छ सजिलै पास हुने बनाउँछ ।

८. नराम्रो बानीहरु त्याग्ने

मदिरा, कफी पिउने र धुमपान गर्ने बानीले पाचन प्रणालीको कार्यसम्पादनलाई असर पुर्याउन सक्छ । यसले पेटको अल्सर र मुटु पोल्ने समस्या पनि हुन्छ, त्यसैले यस्ता बानीहरु त्याग्नुहोस् ।

९. नियमित व्यायाम गर्ने

नियमित गरिने व्यायामले खानालाई पाचनप्रणाली मार्फत चलायमान बनाउँछ र कब्जीयतको समस्या हुन दिँदैन् । व्यायामले स्वस्थ तौल कायम गर्न सहयोग गर्छ । यसलाई ध्यान दिनुहोस् र नियमित व्यायाम गर्नुहोस् ।

१०. तनाव व्यवस्थापन

धेरै तनाव वा चिन्ताले पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । त्यसैले आनन्द दिने खालको तनाव कम गर्ने उपाय पत्ता लगाउनुहोस् र नियमित रुपमा पालना गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here