नेपाल दुरसञ्चार प्राधिकरणको पुस मसान्तसम्मको म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (एमआइएस) रिपोर्टको अनुसार नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ८० लाख २६ हजार ६ सय ४६ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।
सुडानमा ८६४ घण्टा बन्द भएको इन्टरनेट सेवाका कारण १.८७ अर्ब डलरको नोक्सानी भएको हो । भारतमा भने यस वर्ष कूल १.३ अर्ब डलर ( १ खर्ब ३० अर्ब भन्दा धेरै रुपैयाँ) बराबरको नोक्सानी भएको हो ।