विज्ञप्ति अनुसार खरिद वा बिक्रि आदेश दिने क्रममा कुनै समस्या आएमा ब्रोकरलाई नै समस्या बारे जानकारी गराउन नेप्सेले आग्रह भनिएको छ । ब्रोकरबाट समस्या समाधान हुने नहुने यकिन गरेर मात्र नेप्से सपोर्टमा सम्पर्क गर्न नेप्सेले आग्रह गरेको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लागू गरिएको शेयरको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ आंशिक मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।