प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गर्दैछन् । कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लागेका हुन् । भारतमा रहँदा उनले वनारस पुगेर उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेट्ने भएका छन् ।
सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ।