अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आवको फागुनसम्ममा सरकारको ऋण ९१ अर्ब ९० करोड थपिएको हो । सर्वेक्षण अनुसार चालू आवको फागुनसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको ३०.३ प्रतिशत बराबर हो ।