Tag: सन्तोषी श्रेष्ठ

राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् । यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४ सेकेण्डसहित रजत जित्दा कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य हात पारिन् ।

विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

विष्णुमतीको किनारमा आयोजना गरिएको दौडमा भने स्याण्डिल र भाइको ट्र्याक लगाएरै कुदेकी उनले प्रथम स्थान हासिल गरिन् । त्यसबेला उनलाई थाहा थिएन, उनको जीवनको परिभाषा त्यही १ हजार ५ सय मिटरको दौडले निर्धारण गरिसकेको रहेछ ।