न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरबाट दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले जनाएको छ ।