Tag: #oli #pm #nepalipolitices

हिमनदी पग्लने गतिलाई कम गर्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको...

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए ।

सरकारकाे प्रगतिमा विपक्षी बाधक बनेको प्रम ओलीकाे आरोप

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारकाे प्रगतिमा बाधक बनेको आरोप लगाएका छन्। मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विपक्षीहरु यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् ।