आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो। दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए।
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश...
अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ ।
महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, आज के होला निर्णय...
डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमा आज सकिँदैछ । प्राधिकरणले यसबारे निर्णय गर्न बोर्ड बैठक बोलाएको छ ।
लुम्बिनी प्रदेशका उद्योगहरु साढे ४६ प्रतिशत मात्र क्षमता उपयोगमा चलिरहेका
नेपाल राष्ट्र बैैकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुको ४६.४१ प्रतिशत क्षमता उपयोगमा चलिरहेका छन् ।
दोस्रो बजारमा साना तथा मझौला कम्पनीको छुट्टै सेयर कारोबार
नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।
आयात सामान्य बढ्दा, निर्यात कस्तो ?
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको हो ।
ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर...
अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।