बैंक/ बिमा

आइएमई पेको ‘फ्ल्यास सेल्स’ अफर सार्वजनिक

यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने भएका छन् । कम्पनीले जनाएअनुसार यो अफर साउन ७ देखि साउन २६ सम्म चल्नेछ ।

ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

एनआईसी एशियाले भन्यो- ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’

चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको जनाइएको छ। पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यस अवधिमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३.८१ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकले भन्यो- ‘बैंकिङ क्षेत्रमा कुनै समस्या छैन, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार...

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति-समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका–७, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

इन्भेष्टमेन्ट मेगा बैंकले उपत्यकामा खोल्यो दुई नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौं उपत्यकामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले माग्यो संयोजक, मासिक तलब १ लाख २६ हजार

नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रबद्र्धनका लागि समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।