पृथ्वीको धेरै नजिक आउँदैछन् बुर्ज खलिफा भन्दा ठूला धूमकेतु

काठमाडौं, २८ भदौ । आज रात ब्रमाण्ड विज्ञानमा चासो राख्नेहरुका लागि विशेष दिन हुन सक्छ । किनकी भीमकाय दुई धूककेतु आज राती पृथ्वीको धेरै नजिकबाट परिक्रममा गर्दैछन् ।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले जनाएअनुसार यी दुई धूमकेतु पृथ्वीको कक्ष हुँदै परिक्रमा गर्दैछन् । यी यति विशाल धूमकेतु हुन की एउटा धुमकेतूको आकार पृथ्वीको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा (८२८) मिटरभन्दा विशाल हुनेछ ।

सोहीकारण पनि अन्तरिक्ष वैज्ञानिकहरुले यसलाई विशेष चासोका साथ हेरिरहेका छन् । नासाका अनुसार यी विशाल धूमकेतुबाट पृथ्वीमा भने कुनै असर हुने छैन ।

पृथ्वी र चन्द्रमाको बीचमा परिक्रममा गर्ने यी दुई धूमकेतु यस पटक पृथ्वीको कक्षसम्मै आइपुग्नेछन् । नासाका अनुसार २०००क्यूडल्बू७ र २०१० सी०१ नामका यी दुई धूमकेतुलाई निरन्तर निगरानीमा राखिएको छ ।

अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट लिएको जानकारी अनुसार यी धूमकेतुबाट पृथ्वीमा भने कुनै असर नपर्ने देखिएको छ ।

यी धूमकेतु पृथ्वीबाट करीव ३.५ मिलियन मील नजिक आउने छन् । ब्रमाण्डको इतिहासमै कुनै धूमकेतु पृथ्वीको यति नजिकबाट परिक्रममा गरेको पहिलो पटक हुनेछ ।

नासाका अनुसार नेपाललगायत मुलुकको समय अनुसार एउटा धूमकेतु साँझ पौने ६ बजे र अर्को राती पौने १२ बजे पृथ्वीको सबैभन्दा नजिक आउनेछन् र परिक्रममा गर्नेछन् ।

अन्तरिक्षसम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिक र विद्यार्थीका लागि यो एउटा सूनौलो अवसर हुनेछ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here