‘सहयात्रा परियोजना’ को सिकाइ अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । मधेश प्रदेशका मा १० हजार बालबालिकालाई विद्यालयसँग जोड्न सञ्चालन गरिएको सहयात्रा परियोजना सम्पन्न भएको छ । परियोजनाको अन्तिम वर्षमा भीएसओ नेपालले काठमाडौंमा परियोजना कार्यान्वयनबाट प्राप्त सिकाइ अनुभव आदान प्रदान कार्यक्रम गरेको हो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, प्रेरणा र जन जागरण युवा क्लबको साझेदारीमा स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वय तथा सहकार्यमा समावेशी शिक्षा विकासका लागि सहयात्रा परियोजना सञ्चालन गरिएको थियो ।

‘सहयात्रा’ परियोजनाअन्तर्गत सीमान्तकृत बालिका र अपांगता भएका बालबालिकाको गुणस्तरीय तथा समावेशी शिक्षामा पहुँच अभिविृद्धि गर्न समावेशी गुणस्तरीय शिक्षा प्रणाली विकास गर्ने मुख्य लक्ष्य थियो । साढे तीन वर्षे सहयात्रा परियोजना बारा, रौतहट, पर्सा र सर्लाहीमा सञ्चालन भएको थियो ।

परियोजनाले दश हजारभन्दा वढी सिमान्तकृत बालबालिका, अभिभावक तथा विद्यालयसँग काम गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा जोड्न र उनीहरूको ड्रप आउट रोक्ने काम चुनौतीपूर्ण रहेको बताइन् ।

विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नीतिगत र बजेट व्यवस्था गरिए पनि धेरै सिमान्तकृत समुदायका बालबालिका अहिले पनि समतामूलक शिक्षाको पहुँचबाट बाहिर रहेको उनको भनाइ थियो ।

यो अवस्थामा सुधार ल्याउन अभिभावकको क्षमता विकास, सचेतना तथा विद्यालयको वातावरण र सिकाइ विधिमा थप सुधार आवश्यक छ,” उनले भनिन् ।

कार्यक्रममा मधेस प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले मधेसमा शिक्षक विद्यार्थी अनुपात धेरै रहेको, उच्च गरिबीका कारण बालबालिकालाई विद्यालयमा जोड्न चुनौती भएको बताए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय दलित आयोगका अध्यक्ष, अतिथिहरुमा, मेयर राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उच्च पदस्थ अधिकृतहरु र युरोपियन युनियनका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरु लगायत अन्य सरोकारवालाहरु सहित १०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here