अमेरिका र इयुकै बाटोमा क्यानडा, चिनीयाँ इभीमा लगायो शतप्रतिशत कर

काठमाडौं । क्यानडाले चीनमा निर्मित विद्युतीय सवारी साधन (इभी)को आयातमा शतप्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिका र युरोपियन युनियनको यस्ते घोषणापछी चीनले यस्तो कदम चालेको हो । साथै चिनियाँ स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत कर लगाउने योजना बनाएको छ ।

क्यानडा रकेही पश्चिमी देशहरुले चीनले आफ्नो ईभी उद्योगलाई अनुदान दिएको आरोप लगाउँदै आफ्ना कार निर्माताहरूलाई अनुचित लाभ दिएको आरोप लगाएका छन्। चीनले यो कदमलाई व्यापार संरक्षणवादको संज्ञा दिएको छ। साथै यसले ुविश्व व्यापार संगठनको नियमको उल्लङ्घन आरोप चीनको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, हामी क्यानाडाको अटोमोटिभ क्षेत्रलाई भोलिका सवारी साधन निर्माणमा विश्वव्यापी नेताका रूपमा रूपान्तरण गर्दैछौं, तर चीन जस्ता देशहरूले विश्व बजारमा आफूलाई अनुचित फाइदा दिन रोजेका छन्।

क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा अक्टोबर १ देखि र स्टिल र आल्मुनियममा १५ अक्टोबरदेखि कर लगाउने भएको हो । क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा अक्टोबर १ देखि र स्टिल र आल्मुनियममा १५ अक्टोबरदेखि कर लगाउने भएको छ ।

क्यानडास्थित चिनियाँ दूतावासले यसबारे एक विज्ञप्ति जारी गर्दै भनेको छ, चीनको इलेक्ट्रिक भेहिकल उद्योगको तीव्र विकास निरन्तर प्राविधिक नवीनता, स्थापित औद्योगिक र आपूर्ति शृङ्खला र पूर्ण बजार प्रतिस्पर्धाको परिणाम हो । सरकारी अनुदानमा भर पर्नुको साटो यसको तुलनात्मक लाभको उपयोग गरेर र बजारसिद्धान्तको अनुसरण गरेर यसको प्रतिस्पर्धात्मकता प्राप्त हुन्छ। चीन क्यानडाको अमेरिकापछिको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।

गत मे महिनामा अमेरिकाले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा कर चार गुणा बढाएर १०० प्रतिशत पु¥याउने घोषणा गरेको थियो ।
त्यसपछि ईयूले चीनमा निर्मित विद्युतीय सवारी साधनमा ३६ दशमलव ३ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो । क्यानाडाले चिनियाँ विद्युतीय सवारी साधनमा लगाएको करमा टेस्लाले आफ्नो साङ्घाई फ्याक्ट्रीमा बनाएको गाडी पनि समावेश हुनेछ । टेस्लाले क्यानाडा सरकारलाई यी ट्यारिफहरूमा केही छूट प्राप्त गर्न लगभग निश्चित रूपमा लबिङ गर्नेछ, किनकि उनीहरूले युरोपसँग पहिले नै गरिसकेका छन्, चीनस्थित कार उद्योग टिप्पणीकार मार्क रेनफोर्डले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here