अनलाइन ‘रोमान्स’बाट जन्मिने हिंसाको जाेखिममा किशोरकिशोरी

काठमाडौं । अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म किशोर /किशोरी र युवा व्यक्तिहरूमाथि अनलाइन अन्तरंग सम्बन्ध हिंसा’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सेक्सुअल भ्वएलेन्स रिसर्च इनिसिएटिभ सङ्गकाे सहकार्यमा सम्पन्न यस अध्ययन एसिया र प्रशान्त क्षेत्रमा सम्भवतः पहिलो हो ।

यस अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरंग सम्बन्ध हिंसा,इन्टिमेट पाट्नर भ्वइलेन्स (आइभिपि) लाई विस्तृत रूपमा अुसन्धान गरिएको थियो । अध्ययनले यस्ता हिंसाको प्रवृत्ति, स्वरूप, र प्रविधिको दुरुपयोगद्वारा गरिएको आइभिपिको प्रभाव अन्वेषण गर्दै यस विषयबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ ।

अध्ययनबारे जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, ‘डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरंग साथीबीचको हिंसालाई बढाएको दिएको छ, जसमा मुख्यतया नियन्त्रण गर्ने व्यवहार, हानी पुर्याउने उद्धेश्यले अनलाइनमा पछ्याउने, दबाब दिने, र भावनात्मक दुव्र्यवहार समावेश छ ।’

कार्यक्रममा चाइल्डसेफनेटकी अनुसन्धान अधिकृत तुलसा खड्काले अध्ययनका मुख्य निष्कर्षहरू प्रस्तुत गरेका थिए । ४०.५प्रतिशत सहभागीहरूले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्ध भएको बताएका थिए । अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन आइपिभि भएको बताएका थिए । ११प्रतिशतले सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको जनाएका थिए ।

सुनसरी जिल्लामा उच्चतम अनलाइन आइपिभि रहेको पाइएकाे छ। अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८ प्रतिशतले आफूमाथि अनलाइन आइपिभि भएको जानकारी गराएका थिए ।

किशोरकिशोरीहरु (१६–१७ वर्ष) र युवाहरु (१८–२४ वर्ष) दुवै उमेर समूहका सहभागीहरु समान रुपमा अनलाइन आइपिभि को जोखिममा थिए । तर तुलनात्मक रुपमा युवा सहभागीहरूमा दुव्र्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र तिनबाट जोगिन सक्ने क्षमता रहेको पाइयो ।
लामाे सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरू आइपिभि को उच्च जोखिममा रहेको पाइएकाे अध्ययनले देखाएको छ। अध्ययनका ४६ प्रतिशत सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका आइपिभिको सामना गरको बताए ।

लैङ्गकि अल्पसंख्यक युवाहरु विशेष रूपमा अनलाइन डेटिङ एपहरू चलाउने गरेको कारण जोखिममा पर्ने गरेका छन् ।

एसभिआरकी कार्यकारी निर्देशक एलिजाबेथ डार्टनलले किशोर किशोरी र युवा व्यक्तिहरूमाथि हुने यौन हिंसा अन्त्य गर्न ज्ञान र सहकार्यको महत्वलाई प्रकाश पारिन् । आफ्नो भिडियो सन्देशमा उनले भनिन्, ‘चाइल्डसेफनेटको यो गहन अध्ययनले यस महत्वपूर्ण मुद्दालाई उजागर गरेको छ । यो अध्ययनले अन्तरंग सम्बन्धको परिभाषालाई समान–लैंगिक सम्बन्ध, यौनिक सम्बन्ध, र साइबर–डेटिङलाई समेटका छन् ।’

रघुवंशीले थपे,’नेपाली कानूनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । त्यसकारण, सरकारले अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसालाई सम्बोधन गर्न आवश्यक नीति र कानुन बनाएको पाइएको छैन ।’

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले भने,’परिषद्ले चाइल्डसेफनेट जस्ता संस्थाहरूको सहकार्यमा बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न कटिबद्ध छ ।’ उनले थपे, ‘अनलाइन आइपिभिको समस्यालाई सम्बोधन गर्न सरकार र नागरिक समाज संगठनहरूको सहकार्य आवश्यक छ ।’

अध्ययनले नेपालका सातै प्रदेशका दश जिल्लाबाट १६ देखि २४ वर्षका ४हजार ५ सय १ किशोर किशोरी र युवा व्यक्तिहरूबाट जानकारी सङ्कलन गरेको थियो । यसले डिजिटल प्लेटफर्मको दुरुपयोगबाट भएका आइपिभिसँग सम्बन्धित जोखिमहरू, सुरक्षात्मक अभ्यासहरू, र प्रणालीगत कमजोरीहरू पत्ता लगाउने लक्ष्य राखेको थियो ।

अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहायताको अभाव, र अपर्याप्त तथा फितलो कानुनी संरचनालगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । यसले बहु–क्षेत्रीय जिम्मेवार निकायहरू र सरोकारवालाहरूलाई किशोर किशोरी र युवाहरूलाई सुरक्षित राख्नका लागि आआफ्ना भूमिका निर्वाह गर्न आग्रह गर्दै सिफारिसहरू प्रस्तुत गरेको छ । यसले शिक्षा, चेतना अभियानहरू, नीतिगत सुधारहरू, र बलियो कानुनी संरचनाहरूको साथै अभिभावक र विद्यालयहरूले अनलाइन सुरक्षाको लागि प्रभावकारी काम गर्नुपर्ने सिफारिस गरेको छ ।

यस अध्ययनले प्रविधिमार्फत हुने आइपिभिको बारे थप अनुसन्धानको आधार निर्माण गरेको छ । साथै, चाइल्डसेफनेटले नीतिनिर्माताहरू, सेवा प्रदायकहरू, र समुदायहरूका लागि प्रभावकारी कार्यान्वयनका सुझावहरु प्रदान गर्दै जोखिमका कारकहरू पहिचान गरेर बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न यस अध्ययनले सघाउने अपेक्षा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here