मिठाईको पर्व तिहार: खानपानवाट यसरी गरौं स्वास्थ्यको ख्याल

काठमाडौ । मिठाईको पर्व तिहार सबैको घर दैलोको नजिक-नजिक आईपुगेको छ । तिहार आफैमा रमाई अनि खानपान गर्ने चाड हो ।

तिहारमा खानेकुरामध्ये मिठाई, सेलरोटी आदि खानेकुरा धेरै खाने चलन रहेको छ । मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको हुन्छ ।

यस्तो बेलामा दिदीबहिनीहरूले पनि दाजुभाइ मन पर्ने खानेकुराको रूपमा विभिन्न परिकारहरू ल्याइदिने गर्दछन् । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानेबानी धेरैको हुन्छ ।

बजारमा पाइने मिठाई अत्यधिक चिल्लो मिसाइएको हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

कस्तो रोगीलाई बढि असर

विशेषगरी, मधुमेह, उच्च कोलेस्ट्रोल लगायतका समस्याबाट पिडित विरामीहरुलाई यस्ता खानेकुराले अझ बढी असर गर्ने हुदाँ उनीहरुले विशेष साबधानी अपनाउन त जरुरी नै छ ।

चिकित्सकहरुको अनुसार जो मानिस दीर्घरोगबाट ग्रसित रहेका छन्, जस्तैस् डाइबिजिट, मुटुरोग, मधुमेह, उच्चरक्तचापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ ।

सकेसम्म मिठाईहरु घरमा नै बनाउनु रम्रो हुन्छ । बजारमा पाईने अधिकांस मिठाईलाई बारम्बार एउटै तेलमा पकाइएको हुन्छ ।

त्यसले यस्तो किसिमको वस्तु उत्पादन गर्छ कि, मुटुलाई प्रत्यक्ष रूपमा असर गर्ने गर्दछ । मिठाईमा राखिने टल्किने वस्तुमा आल्मुनियम मिसावट गरिएको हुन्छ ।

मिठाईमा पहिला नबिकेका सामग्री तथा म्याद नाघिसकेका पिठो, तेल घिउको प्रयोग समेत हुने गर्छ । सडेगलेका र मिसावटयुक्त खाद्य पदार्थको उपभोग गर्दा झाडा पखला, टाइफाइट, फुड पोइजन, पेट दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

चिल्लो तथा मदिरा स्वास्थ्यका लागि हानिकारक छन् । ती दुवैको सेवन गर्दा मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो भएकोले थोरै मात्रामा सेवन गर्नुपर्दछ ।

अधिक सेवन गर्दा झाडापखालाको समस्या निम्तिन सक्छ । धेरैबेर भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

चिल्लोका कारण एसिडिटी बढेर डकार आउन सक्छ । धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।

चिल्लो खाँदा धेरै कब्जियत हुन सक्छ । चिल्लोले अमन भएर खानेकुरा रुचि नहुन सक्छ ।

त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ । तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर खानु बुद्धिमानी हुन्छ ।

रोगीहरूले यसरी ख्याल गनुहोस्

मधुमेह मिठाईको पर्व तिहारमा धेरैको घरमा सेल, अनरसा आदि पकाउने चलन छ । कतिपयले चाडपर्व त हो भनेर मन थाम्न नसकी यस्ता खानेकुरा धेरै खाइदिन्छन् जसले गर्दा स्वास्थ्य बिग्रन्छ ।

यस्ता रोटीमा चिनीको मात्रा बढी नै हुन्छ । यस्ता खानेकुरा खाँदा रगतमा चिनीको स्तर बढ्छ । तेल–घिउमा तारेका खाना वा बोसोयुक्त उत्पादन नौनी, घिउ, सेल, फिनी, अनरसा आदि मधुमेहका बिरामीले खानु हुँदैन ।

सेल वा अन्य रोटीमा चिल्लोको मात्रा धेरै हुने भएकाले क्यालोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले बजारमा विभिन्न किसिमका सुगर फ्रि मिठाईं उपलब्ध हुन्छन् ।

मधुमेहका बिरामी ती मिठाईंबाट टाढै रहनु उत्तम हुन्छ । चामल, गहुँ, मकैजस्ता अन्न पनि कम मात्रामा खानुपर्छ ।

त्यसैगरी चिनी तथा घिउ नभएको चिया, सूप एवं कफी सेवन गर्दा बिरामीलाई फाइदा हुन्छ । हरियो सागपात, फलफूल, सेतो मूला, गाजर, लौका आदि मधुमेहका बिरामीका लागि लाभदायक हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here