कसले तिर्ने महरा नर्भिक अस्पताल बसेको बिल,यस्तो छ कानूनी प्रक्रिया

फाइलफोटो

काठमाडौं,१९ कात्तिक । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराले झण्डै एक महिना नर्भिक अस्पतालमा बिताए ।

पक्राउ गरेर प्रहरी हिरासत, सिंहदरबारमा राखिएका महराको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरियो ।

महराको स्वास्थ्य परीक्षण भइरहेकाले केही दिन अस्पतालमै बस्न डाक्टरहरूले सुझाव दिएपनि महराले जेल जानु अघिका अधिकांस दिन अस्पतालमा नै बिताए । अस्पतालको क्याबिनमा बसेर उपचार गरे ।

सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै महरा अहिले राजधानीको डिल्लीबजारमा रहेको केन्द्रीय कारागार सदरखोरमा छन् ।

डिल्लीबजार कारागारको स्वास्थ्य परीक्षण सामान्य

पुर्पक्षका लागि थुनामा लगे लगत्तै त्यहाँ राख्नुपूर्व गरिएको स्वास्थ्य परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएको थियो । तर त्यसअघि उनको बास भने अस्पतालमा नै रहेको थियो ।

यदि डिल्लीबजार कारागारले आवश्यक ठानेमा उनलाई अस्पताल लैजान सक्छ तर अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेका कारण सदरखोरमा रहन्छन् ।

भीआईपी र भीभीआईपी पक्राउ परे बास अस्पताल मै

भीआईपी र भीभीआईपीहरु पक्राउ पर्ने बितिकै विरामीको बाहान बनाउने नेपालको लागि भने नौलो होइन् ।

यस्ता घटनाहरु पटक-पटक घटि रहेको छ । यसअघि पनि गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, श्यामसुन्दर गुप्ता लगायत नेता अस्पताल भर्ना भएका थिए ।

उद्योगी प्रदीपजंग पाण्डे र पूर्वसहसचिव चूडामणि शर्मापनि अभियोग लागेपछि अस्पतालमै बसे । केही समयअघि गृहमन्त्री रामबहादुर थापाका भाइ पनि बिरामी परेको भन्दै अस्पताल नै बसेका थिए ।

यसरी सरकारी खर्चमा नै हिरासतमा बसेका अभियुक्तहरुको उपचार गर्ने भएकोले पनि सबैजसो अभियुक्तहरुको उपचार सरकारी अस्पतालमा हुने गर्दछ । तर केही भीआईपी र भीभीआईपी अभियुक्तहरुले भने निजी अस्पतालमा गएर विरामी भएँ भनेर बस्ने गर्छन् ।

पक्राउअघि र पक्राउपछि स्वास्थ्य समस्या दर्शाउँदै अस्पताल बस्ने महरा पछिल्ला व्यक्ति हुन् । यसअघि उनीजस्ता नेता एवं उच्च पदस्थ व्यक्ति (भीआईपी) अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा बसेका थिए ।

यस्तो छ कानूनी प्रक्रिया

उक्त नियमावलीको दफा ९ मा ‘उपचार, अन्तरिम राहत तथा विभागीय कारवाहीको आदेश दिने’ भनि उल्लेख गरिएको छ । दफा ९ को उपदफा १ मा भनिएको छ,

‘नियम ८ बमोजिम प्राप्त परीक्षण प्रतिवेदन समेतका आधारमा हिरासतमा राखिएको व्यक्तिलाई ऐनको दफा २२ को उपदफा (५) बमोजिम राहत उपलब्ध गराउनुपर्ने देखिएमा अदालतले आवश्यकता अनुसार देहाय बमोजिमको कुनै वा सबैै कार्य तत्काल गर्न सम्बन्धित प्रहरी कार्यालय वा अन्य सम्बन्धित निकायलाई आदेश दिनुपर्नेछ ।’

मुलुकी फौजदारी कार्याविधी नियमावलीमा उपदफाको दुईवटा बुँदाहरुलाई (क) र (ख) गरी लेखिएको छ । पहिलो बुँदामा हिरासतमा राखिएको व्यक्तिको स्वास्थ्य उपचार गराउनुपर्ने देखिएमा निजलाई उपचारको उपयुक्त प्रबन्ध गर्ने भनिएको छ ।

त्यसैगरी दोश्रो बुँदामा भनिएको छ, ‘निजलाई पुगेको शारीरिक चोट एवं मानसिक पीडाका आधारमा अन्तरिम राहतस्वरुप उपयुक्त रकम उपलब्ध गराउने ।’

यो नियमानुसार हेर्दा महरा पक्राउ पर्नुअघि स्वस्थ्य थिए भन्ने बुझिन्छ । उनी पक्राउ परेपछि गरिएको स्वास्थ्य परीक्षणमा उनी स्वस्थ्य देखिएका थिए । सिंहदरबार प्रहरी वृत्तमा राखेको ६ दिनपछि उनलाई उच्च रक्तचाप देखिएपछि नर्भिक अस्पताल लगिएको थियो ।

महरालाई हिरासतमा बसेको बेलामा स्वास्थ्यमा समस्या देखिएकोले दफा ९ को उपदफा १ सँग महराको केस मिल्न जान्छ ।

त्यसरी नै दोश्रो बुँदामा ‘निजलाई पुगेको शारीरिक चोट एवं मानसिक पीडाका आधारमा अन्तरिम राहतस्वरुप उपयुक्त रकम उपलब्ध गराउने’ भनिएकोले महराको स्वास्थ्य उपचार खर्च सरकारले नै बेहोर्नुपर्ने कानुनमा व्यवस्था छ ।

किन रोज्छन् ‘भीआइपी’ अभियुक्तले डिल्लीबजार कारागार,कति पुगे ‘भीआइपी’ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here