महङ्गो औषधी होईन् यी खानेकुराले बचाउँछ डेङ्गुबाट

काठमाडौं । नेपालको सन्दर्भमा डेङ्गु नयाँ रोग हो । सन् २००४ मा पहिलो पटक डेङ्गु देखापरेको हो ।

नेपालमा यस रोगका बिरामीहरु दिनदिनै बढिरहेका छन् । एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गुभएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ ।

खासगरी अव्यवस्थित बसाइ, औद्योगीकरण, जथाभावी फ्यालिएका फोहोर तथा टायर, स्वच्छ पानीको अभाव आदि कारणले डेङ्गु फैलँदै गएको विशेषज्ञ हरुले बताएका छन् । चिसो बढेपनि डेङ्गु भने अझै निययन्त्रणमा भने आएको छैन् ।

डेङ्गुको संक्रमणको कारण विरामीहरुमा ज्वरो आउने र शरीरका जोर्नीहरु दुख्ने गर्छ । जसको कारण रिङ्गाटा लाग्ने समस्या पनि आउँछ ।

डेङ्गुको कारण रगतमा भएको प्लेटेलेट्सको मात्रालाई घटाउने काम गर्छ जसको कारण मानिस मृत्युको कारण पनि बन्ने गर्छ ।

मानव शरीरमा १ लाख ५० हजार देखि ४ लाखसम्म प्लेटेलेट्स हुन्छ, प्लेटेलेट्स ५० हजार भन्दा कम हुने बित्तिकै मानव शरीरलाई असर पर्छ ।

डाक्टरहरु प्लेटेलेट्स कम हुँदा ग्लुकोज र एन्टी बायोटिकहरु दिने गर्छन् जुन असाध्यै महङ्गो हुन्छ । तर, यी महङ्गा औषधीहरुको तुलनामा हाम्रै वरपरका ६ खानेकुराहरु पनि डेङ्गुको स्रक्रमणबाट बचाउँछ ।

जुन निम्नानुसार छन्ः

१. मेवाको पात

प्लेटेलेट्स बढाउनको लागि मेवाको पातको रस सबैभन्दा उत्तम मानिन्छ । सन् २००९ मा मलेसियामा भएको एक अनुसन्धानमा यो कुरा प्रमाणित भएको थियो कि मेवाको पातको रसले डेङ्गुको संक्रमण कम गर्छ । यस्ता मानिसहरुले दिनमा १० देखि २० मिलिलिटर मेवाको पातको रस दैनिक रुपमा खानुपर्छ ।

२. जौं को रस

जौं को रसले पनि रगतमा भएको प्लेटेलेट्स बढाउनको लागि सहयोग गर्छ । दैनिक १५० एमएल जौं को रस खाएमा यस्ता मानिसहरुलाई फाइदा हुन्छ ।

३. फर्सी

फर्सीमा धेरै मात्रामा भिटामिन हुने भएको कारण शरीरमा शक्ति बढ्छ । दैनिक १५० एमएल फर्सीको रस खादाँ रगतमा प्लेटेलेट्स बढ्छ ।

४. कीवी

कीवीमा भिटामिन सी, ई र पोलीफिनायल हुन्छ । दैनिक विहान बेलुका १-१ कीवी खादाँ रगतमा प्लेटेलेट्सको मात्रा बढ्छ । यसले कोलेष्ट्रोल पनि कन्ट्रोलमा आउँछ ।

५. अनार

अनार पनि एक पौष्टिक फल हो । यसमा प्रचुर मात्रामा आइरन पाईन्छ । यसले रगतमा हेमेग्लोबिन र प्लेटेलेट्स बढाउनको लागि सहयोग गर्छ । अनारको जुस खादाँ यस्ता विरामीको लागि फाइदा हुन्छ ।

६. पानी

शरीरमा रगतको मात्रा बढाउनको लागि पानी एक सबैभन्दा उपयुक्त माध्यम हो । दैनिक ८ देखि १० गिलाससम्म पानी खानु सबैभन्दा राम्रो मानिन्छ । डेङ्गु को कारण ज्वरो आएको अवस्थामा प्रर्याप्त मात्रामा पानी नखाएमा मानव शरीरलाई नै खतरा हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here