नेपालमा भन्दा भारतमा भोकमरी, दक्षिण एसियामा नेपालको सुधार

काठमाडौं, १९ मंसिर । वेल्टहङ्गरडिल्फे र कन्सर्न वल्डवाइड संस्थाले गरेको अध्ययनको आधारमा भोकमरी सम्बन्धी विश्वव्यापी सूचकाङ्ग २०१९ सार्वजनिक भएको छ । प्रतिवेदनका अनुसार विश्वमा विभिन्न ११७ मुलुकहरुमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ ।

वेल्टहङ्गरहिल्फे नेपालको साझेदारीमा ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)’द्वारा विहिवार नेपालमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले विश्वका मुलुकहरुको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक र अति भयावह भोक गरी पाँच तहमा राखेको थियो । प्रतिवेदनअनुसार नेपालको स्थिति ‘गम्भीर प्रकृतिको भोक’ अन्तर्गत पर्दछ ।

अध्ययनमा समेटिएका दक्षिण एसियाली मुलुकहरुको तुलना गर्दा नेपालको अवस्था श्रीलंकाको भन्दा कमजोर तर बङ्गलादेश, पाकिस्तान, भारत र अफगानिस्तानको भन्दा राम्रो छ । भुटान र माल्दिभ्स यस अध्ययनमा समेटिएका छैनन् ।

छिमेकी मुलुक चीन २५ औँ र भारत १०२ औँ स्थानमा छन् ।

जिएचआई सूचकाड्ढका लागि मुलुकहरुको स्थिति अध्ययन गर्दा त्यहाँ रहेको अल्पपोषित जनसङ्ख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बालमृत्युलाई प्रमुख आधारको रुपमा लिइएको छ ।

यी चारै प्रकारका तथ्याड्ढीय विवरण उपलब्ध हुन सकेका ११७ वटा मुलुक मात्र यस अध्ययनमा समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनमा समेटिएका मुलुकहरुमध्ये ‘मध्य अफ्रिकी गणतन्त्र’ सबैभन्दा पछाडि अर्थात् ११७ औँ स्थानमा रहेको र ‘अति भयावह’ अवस्थाबाट गुज्रिरहेको छ ।

चाड, माडागास्कर, यमन र जाम्बियाको अवस्था ‘भयावह’ वर्गमा परेको छ ।

प्रतिवेदनमा वर्गीकरण गरिएका विश्वका ११७ मुलुकहरुमध्ये ४३ वटा मुलुकको भोकमरीको अवस्था ‘गम्भीर’ छ भने ४६ मुलुकहरुमा भोकमरी ‘न्यून’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here