निजी कम्पनीमा काम गर्ने ४२ प्रतिशतलाई डिप्रेशन

काठमाडौं, २ पुस । जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाँही अचानक परिस्थिती आफ्नो अनुकुल नहुन सक्छ । यस्तोमा कहिलेकाँही मानिसलाई निराशाले सताउन सक्छ ।

कुनै न कुनै बेलामा मानिस डिप्रेशनको पकडमा आइहाल्छ र उनीहरुको मन उदास हुन्छ । कैयौं पटक त डिप्रेशन यति हावी हुन्छ कि मानिसलाई आफ्नो अस्तित्व शुन्य लाग्छ र उनीहरु आँफैलाई कमजोर स्विकार्दै दयाको पात्र मान्न थाल्छन् ।

आर्थिक समस्या, आधुनिक जीवनशैलीको पछाडि दौडँदादौडँदै थाक्नु ,जागिरको कारण पनि डिप्रेशनमा पर्ने जनाईएको छ ।

तर, पछिल्लो समय निजी कम्पनीमा काम गर्ने ४२.५० प्रतिशत मानिसहरु डिप्रेशनको शिकार छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हरेक ५ व्यक्तिमा एक जनामा डिप्रेशनको शिकार भएका पाईएको छ ।

जसको कारण विभिन्न निजी कम्पनीहरुलाई सन् २०३० सम्ममा अर्बौ रकमको घाटा पर्ने बताइएको छ ।

डिप्रेशनमा परेका मानिसहरुले पूर्ण रुपमा ध्यान केन्द्रित गर्न नसक्ने र आफ्ना ग्राहकहरुसंग पनि राम्रो डिल गर्न नसक्ने भएको कारण कम्पनीलाई अर्बौं घाटा पर्नेछ । मानिसहरु कार्यलयका साथै स्कुल, कलेज आदी स्थानमा पनि डिप्रेशनमा पर्ने गरेको बताइएको छ ।

डिप्रेशनबाट यसरी बँच्न सकिन्छ

१. यस्ता मानिसहरुसँग मित्रता नगर्नुहोस् जसले तपाईंलाई कमजोर देखाउँछन् वा उनीहरुसँगै हुँदा तपाईंमा हिनताको भावना पलाउँछ ।

२. जतिखेर उदासी वा निराशाको भावना पैदा हुने आशंका हुन्छ त्यतिखेर कुनै राम्रो साथीसँग वा छिमेकीसँग कुरा गर्नुहोस्, मनपर्ने म्युजिक सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस् वा कतै बाहिर घुम्न निस्कनुहोस् । अर्थात आफनो मन र विचारलाई अर्कै बाटोमा लैजानुहोस् ताकि तनावको स्थिती टाढा होस् ।

२. आफूलाई कुनै रचनात्मक कार्यमा व्यस्त गर्नुहोस् । कसैलाई सहयोग गर्नुहोस् । यस्तो कार्यले आत्मविश्वास बढ्छ र आत्मसन्तुष्टी मिल्छ । यस्ता भावनाहरुले तनावलाई छुमन्तर गर्छ ।

३. आँफैसँग डराएर दुखी नहुनुहोस् । यदि कुनै काम गलत भएको छ भने नपछुताउनुहोस् । त्यसलाई भुल्नुहोस् । घोडा चढ्ने मानिस नै घोडाबाट लड्छ तर, फेरि उठेर आफ्नो गन्तव्यतर्फ बढ्छ भन्ने कुरा नर्बिसनुहोस् ।

जीवनलाई एक सिँढी मान्नुहोस् । यो सिँढीमा चढ्दा चढ्दै कहिलेकाँही लड्नुभयो भने पनि दोस्रोपटक सम्हालिनुहोस् र पुरै तागत लगाएर फेरि चढ्नुहोस् ।

४. जिन्दगीमा चाहेको सबैकुरा मिल्दैन । मनोवैज्ञानिकहरुका अनुसार जीवनको सानासाना उपलब्धीहरुको खुसी हुनाले अगाडि बढ्ने उत्साह दिन्छ । तपाईं आधा भरिएको गिलासलाई आधा खाली भएको रुपमा नहेर्नुहोस् ।

५. असन्तुष्टीको भावनाले केही समयसम्म घेर्छ तर जब असफलता माथि बारम्बार रुने गरिन्छ यस्तो भावना स्थायी हुन्छ । यो स्थितीबाट बच्नुहोस् ।

यसको लागि कार्यप्रणाली र विचारमा परिवर्तन ल्याउनुहोस् । नयाँ तरिका, नयाँ प्रविधि अपनाउनुहोस् । हरेक हालतमा निराशाबाट टाढा हुने बाटो खोज्नुहोस् ।

६. आफ्नो भूतकालको असफलता तथा दुःखद अनुभवहरुलाई मनमा आउन नदिनुहोस् । भविष्यतर्फ दृष्टि राख्नुहोस् र वर्तमानमा जमाएर कदम राख्नुहोस् । लक्ष्यसम्म पुग्ने इच्छाले नै उत्साह जगाउँछ । यस्तोमा नकरात्मक विचारहरु आउने समय र ठाँउ दुवै मिल्दैन ।

७. हरेक दिन बच्चासँग केही समय बिताउनुहोस् । टिभीमा हास्य कार्यक्रम हेर्नुहोस्, चुटकिला पढ्नुहोस् र बच्चालाई पनि सुनाउनुहोस् । बच्चाहरु खुसी हुँदा तपाईंको खुसी दुईगुणा बढ्छ ।

८. नियमित एक्सरसाइज गर्नुहोस् यसले खुसी दिनेवाला सेरोटिन हार्मोन उत्पन्न हुन्छ साथै शरीर पनि स्वस्थ रहन्छ । यसले मनमा राम्रो भावनाहरु तथा सकरात्मक सोच उब्जिन्छ । एक्सरसाइजको सट्टा तपाईंले बिहान मर्निङवाक गर्न पनि सक्नुहुन्छ ।

९. सँधै ब्यालेन्स डाइट लिनुहोस्, जंक फुडबाट बँच्नुहोस् ताकी इनर्जी लेभल उच्च रहोस् । धुम्रपान र मदिरापानबाट टाढै रहनुहोस् ।

१०. आफ्नो खास मित्र तथा परिवारजनसँग आफ्नो तनाव वा समस्याको बारेमा छलफल गर्नुहोस् ताकी कुनै नयाँ बाटो निस्कनेछ र डिप्रेसनबाट बाहिर आउन सकिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here