स्वास्थ्यको लागि भात वा रोटी के ठिक ?

हाम्रो देश नेपालमा सबैभन्दा बढी रुचाइने खाना दाल, भात र तरकारी हो । नेपाल मात्रै होइन अन्य देशहरुमा बस्ने नेपालीहरु पनि दाल भात तरकारी भनेपछि हुरुक्कै हुन्छन् ।

त्यस्तै रोटी पनि अर्को लोकप्रिय खानेकुरा हो । नेपालमा भात पछि धेरैले रोटी खाने गर्छन् । तर, आजकाल भात छोडेर रोटी खाने चलन पनि बढ्दै गइरहेको छ ।

मुख्य गरी तौल घटाउनको लागि हेल्थ कन्सस युवापुस्ता रोटी तर्फ आकर्षित भइरहेका छन् ।

जबजब तौल घटाउने वा फिट रहने कुरा आउँछ तब मानिसहरु खानेकुरालाई लिएर धेरै सोच्ने गर्छन् । अझै केही पोषणविद्को सल्लाह बिना नै डाइट लिष्ट बनाउने गर्छन् ।

भात छोडेर रोटी खान थाल्छन् र विस्तारै रोटिको संख्या पनि कम गर्छन्, त्यसमा पनि घ्यू, दही, मासु त उनीहरुको प्लेटबाट टाढा नै हुन्छ ।

प्राय मानिसहरुलाई भात खानाले शरीरको तौल छिटो बढ्छ भन्ने लाग्छ, तर यस्तो बिल्कुलै होईन ।

खासमा तौल क्यालोरीको कारणले बढ्ने गर्दछ । हुन त भातमा धेरै मात्रामा कार्बोहाइट्रेड पाइन्छ । तर, भात धेरै खाएरमात्रै तौल बढ्छ भन्ने धारण बनाउन भन्दा पहिले हामीले भातको बारेमा केही तथ्यहरु थहा पाउन जरुरी छ ।

-रोटी गँहुबाट बनेको पिठोबाट बनाईन्छ भने, भात धानलाई प्रशोधत गरेर तयार हुने चामलबाट पकाइन्छ ।

-एक कप चामलमा लगभग ३५ ग्राम कार्बोहाइट्रेड, १६५ ग्राम क्यालोरी र ३—४ ग्राम प्रोटिन हुन्छ । खैरो चामल (ब्राउन राइस)को तुलनामा सेतो चामलमा कम फाइबर हुन्छ । खैरो चामलमा धेरै मात्रामा भिटामिन र खनिज पाइन्छ ।

रोटी र भातमा फरक

–रोटी र भात दुबैमा कार्बोहाइट्रेड र क्यालोरी बराबर जसो पाइन्छ ।

– भात र रोटीमा आईरन पनि बराबर मात्रामा पाईन्छ ।

– रोटी पोषक तत्वले भरपुर हुन्छ, र यसमा सोडियम पनि पाईन्छ । हरेक १२० ग्राम आँटामा १९० मिलीग्राम सोडियम हुन्छ । तर, भातमा सोडियम हुदैन ।

–भातमा रोटीमा भन्दा धेरै स्टार्च हुन्छ, जुन पाचनको लागि सजिलो हुन्छ

– रोटीमा पोटासियम, आइरन, क्याल्सियम र फस्फोरस हुन्छ । भातमा क्याल्सियम हुदैन साथै पोटासियम र फस्फोरस पनि कम हुन्छ ।

–रोटीको पाचन प्रक्रिया लामो हुन्छ । त्यहि कारणले ब्लड सुगर नियंत्रित राख्नमा मद्दत पुर्याउने काम गर्छ ।

–भातमा धेरै मात्रामा फोलेट हुन्छ । भातमा भिटामीन बि पनि सुख्खा रोटीमा भन्दा बढि हुन्छ ।

यी सम्पुर्ण कुराहरु थाहा भइसकेपछि तपाईले हाम्रो खानामा रोटी र भात दुवै हुन आवश्यक छ भनेर बुझ्नुहुन्छ ।

सामान्यतया धेरै पोषण हुने रोटी राम्रो मानिन्छ, तर, भातबाट मिल्ने फाईदालाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आफ्नो भोजनमा दुवैलाई समावेश गर्नु राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here