फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको उच्च जोखिम

काठमाडौं । फुटबल विश्वकै सबभन्दा लोकप्रिय खेल हो । विश्वका आधाभन्दा बढी जनसंख्याले फुटबल पछ्याउने गर्छन् । फुटबलको नशामा समय र स्वास्थ्य बिगार्नेहरु नेपाली समाजमा धेरै छन् ।

खेल हेर्ने बानी लतको रुपमा विकास नहुँदासम्म यसले हाम्रो समग्र स्वास्थ्यमा फाइदै गर्छ तर जब सीमा नाघ्छ त्यसले निसन्देह समस्या पैदा गर्छ ।

अपेक्षा गरिएका कतिपय देश र खेलाडीको कमजोर प्रदर्शनले कतिपय निरास हुन्छन् भने, कतिपयले अझैसम्म हौसिएका हुन्छन् । त्यसको असर परिरहेको हुन्छन् ।

जब कुनै पनि खेलकुद हेरिन्छ हाम्रो दिमागले आफूलाई वास्तवमै खेलाडीको स्थानमा भएको महसुस गर्छ ।

हामीले खेल नखेले पनि हाम्रो दिमागले खेलिरहेको हुन्छ । हाम्रो मस्तिष्कको दायाँ भागमा रहेका मिरर सेलहरुले यसो हुन सघाउँछन् ।

मिरर सेलहरुले शाव्दिक आदान प्रदान विना अरुको क्रियाकलाप प्रतिविम्वित गर्न र उक्त घटनासंग जोड्न मद्दत गर्छन् ।

अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको एक अध्यायन अनुसार फुटबल फ्यानमा हृदयघातको उच्च जोखिम रहेको हुन्छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।

अनुसन्धान कर्ताले उनिहरुको र्यालबाट ‘कोर्टिसोल’ नामक हानिकारक हर्मोन अति उच्च मात्रामा फेला पारेका थिए । त्यस बेलाको सेमि–फाइनलको म्याचमा स्कोर ७ –१ पुग्दासम्म फ्यानहरुमा झनै तनाव बढ्दै गएको देखाएको हो ।

युनिभर्सिटी अफ अक्सफोर्डले विश्वकपका तीनवटा म्याचमा, खेल सुरु हुनु अगाडि, खेलका क्रममा र खेल सकिएपछि गरि तीनपटकसम्म फ्यानहरुको र्याल संकलित गरि त्यस मार्फत कोर्टिसोलको स्तर परीक्षण गरेको थियो ।

यसमा सबैभन्दा तनावपूर्ण अवस्था सेमि–फाइनल खेलमा रहेको पाइएको हो । खेल केवल विशुद्ध मनोरन्जनका लागि हेरिने कुरा हो ।

आफूले मनोरन्जन लिंदा अरुको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पनि सम्मान गर्न जान्नुपर्छ । साथै खेल प्रतिको अत्यधिक लगावले तत्काल वा दिर्घकालीन हृदय रोग लाग्न सक्ने सम्भावनासंग पनि हामी सचेत हुनुपर्ने जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here