काठमाडौं । सफलता घरमा बसेर पाइदैन । सफलता पाउनको लागि दृढ आत्म विश्वासको आवश्यकता पर्दछ ।
प्रकृति स्वयमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? सफलता पाउनको लागि पहिला त्यसको बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदि हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो ।
आत्मविश्वासको अभावमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन । यो कुरालाई अवस्य मनन गर्नु आवश्यक छ कि चोरी भएको धन पाउन सकिन्छ ।
कठिन कठिन रोगको उपचार सम्भव हुन्छ तर आफ्नो आत्मविश्वास हरायो भने त्यो पाइने छैन । आत्मविश्वास नै सफलताको सबैभन्दा ठूलो शक्ति हो ।
संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ । जब हामी त्यसलाई बदल्ने कोशिस गर्छौ तब न यो सम्भव हुन्छ । हामी अनेक यत्न गर्छौ ।
अनेक बाटो समात्छौं । तैपनि सफलता पाइरहेका हुँदैनौ । यसको पछाडि अरु कारणले ठूलो अर्थ राख्दैन । बरु, हाम्रो आफ्नै बानी, व्यवहारले हामीलाई सफल हुनबाट अवरोध गरिरहेको हुनसक्छ । किनभने सफलताका लागि हामी स्वंम बदलिनुपर्छ ।
कतिपयसँग यस्ता साझा बानी हुन्छन्, जसले उनीहरुलाई सफलताको उचाईमा पुर्याउँछ ।
यदी मानिसमा आत्मविश्वासरुपी शक्ति छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।
कसरी बन्ने सफल ? यस्ता छन् सुत्र
-आफ्नो जीवनका लागि स्वंमलाई जिम्मेवार र उत्तरदायित्व वहन गर्नुहोस् ।
-कुनैपनि काम गर्दा त्यसको लक्षित विन्दु तय गरेर आफ्नो लक्षित उपलब्धी के हो र त्यो कसरी हासिल हुन्छ भन्ने मार्गचित्र बनाएर अघि बढ्नुपर्छ ।
-जिन्दगीमा धेरै कुरा गर्ने रहर हुन्छ, हामीलाई । हरेक क्षेत्रमा हात हाल्न मन लाग्छ । तर, यसले लक्षित विन्दुमा पुर्याउँदैन । त्यही काम गर्नुपर्छ ।
– आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।
– गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।
– सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।
– कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।
– एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।
– कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।
– सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।
– सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।
– हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।
– कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।
– तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।
– सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।
– सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।
– कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ ।
– नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।
– यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्यसम्पादनको प्रयास गर्नुहोस् ।
– काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।
– कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।
– काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु मूर्खता हो ।
– आफूले कुनै कामप्रति कमेण्ट गर्दा व्यक्तिमाथि आक्षेप हुने गरी प्रस्तुत नहुनुुहोस् ।
– ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।
– आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनुहोस् ।
– नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन् । तर, हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ ।
– कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतीजाको मूल्यमा ध्यान राख्नुहोस् ।
– सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ ।
– आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस् । नयाँ मानिस भेट्ने प्रयास गर्नुस् । साथै, पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस् ।
–