विश्वभर ६२ प्रतिशत महिला शारीरिक हिंसाको शिकार

काठमाडौं, १० फागुन । समाजमा पति जीवनसाथी र सहयात्री हुन् नभनेर पति त परमेश्वरका रूप हुन् भनेर सानैदेखि सिकाइन्छ।

त्यसैको फाइदा उठाएर अनेकौं पतिहरूले आफ्ना पत्नीलाई दोस्रो दर्जाको जस्तो व्यवहार गर्दै उनीहरूमाथि मानसिक र शारीरिक हिंसा गर्छन्।

सामाजिक, सांस्कृतिक र आर्थिक कारणले गर्दा नारीहरू पतिले जस्तोसुकै हिंसा गर्दा पनि सहेर बस्छन् र प्रतिकारमा उत्रने साहस गर्दैनन्।

विश्वभर ६२ प्रतिशत महिलाले आफ्ना पतिबाट शारीरिक हिंसाको शिकार हुने गरेको अनुसन्धानले देखाएको हो ।

लान्सेन्टको अध्ययनमा प्रकाशित डाटाले जनाए अनुसार महिलाहरुले कम उमेरमै आमा बन्नुको जिम्मेवारी उठाउनुपर्ने, त्यस्तै कमजोर सामाजिक स्तर र आर्थिक रुपमा पतिमा निर्भर रहनुपर्ने भएकाले पनि उनीहरु घरेलु हिंसाको शिकार बन्ने गरेको बताइएको छ ।

यसमा अधिकांश परिवारहरुले सामाजिक कारणले यस किसिमका घटना लुकाउने गरेको बताईएको छ ।

विश्वभर अत्महत्या गर्ने ४० प्रतिशत महिला भारतीय

आत्महत्या विश्वभर एउटा जटिल समस्याको रूपमा रहेको छ ।

आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निरास भएर जिउनुभन्दा मर्नु सबैभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा थोरै अनुसन्धान, कमजोर रेकर्डिङ सिस्टम, अत्महत्या लुकाउने प्रवृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ।

७८ प्रतिशत अत्महत्या निम्न र मध्यम आय भएका देशहरूमा हुने गरेको भएपनि विश्वभर अत्महत्या गर्ने ४० प्रतिशत महिला भारतीय रहेको तथ्यांकले देखाएको छ ।

विश्वभरमा अत्महत्या गर्ने प्रत्येक चार मध्ये दुई महिला भारतीय हुने गरेको लान्सेन्टको अध्ययनमा प्रकाशित डाटाले जनाएको छ ।

तथ्यांक अनुसार भारतमा महिलाहरुको आत्महत्या दरले विश्वव्यापी ३६.६ प्रतिशत प्रतिनिधित्व गरिरहेको छ ।

यसमा पनि आत्महत्या गर्ने प्रायः भारतीय महिलाहरु विवाह गर्न लागेका, विकसित स्टेटमा बसोबास गर्ने र ठूलो मार्जिनले ३५ वर्ष भन्दा कम उमेरका हुने गरेको पाइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here