सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन

काठमाडौं, १५ फागुन । जलविद्युत आयोजनामा लगानी गरेको डोल्मा ग्रुप अन्तर्गतको डोल्मा हिमालयन इनर्जी सौर्य उर्जामा पनि लागानी गर्ने भएको छ ।

गैरआवासिय नेपालीको लगानीमा निर्माणधिन २८ मेगावाटको तल्लो लिखु, १३ मेगावाटको सुरी आयोजनामा ८० करोड रुपैयाँ लगानी गरेको डोल्माले सौर्य उर्जा १६ अर्ब लगानी गर्ने भएको हो । ।

लिखुमा ५० करोड, सुरीका आयोजनामा ३० करोड रुपैयाँ लगानी गरेको डोल्माको दुबै आयोजना निर्माणधिन अवस्थामा छन ।

जलविद्युत सँगसँगै योल्मा हिमालयन इनर्जीले २ वर्षभित्र १५० मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने तयारी समेत थालेको छ ।

ब्याट्रीसहितको सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न स्थान छनौट गरिरहेको कम्पनीले जनाएको छ । यहि महिनाभित्र लगानी बोर्डबाट ऊर्जा उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिएर प्रविधि जडानका लागि संभाव्यता अध्ययन थाल्ने कम्पनीले जनाएको छ ।

डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।

यस्तै न्युनतम १५० हेक्टर जमिन आवश्यक पर्ने बिजुली सञ्चित गर्न १ सय मेगावाटको ब्याट्री जडान गरिने छ । यसको लागि १५ करोड अमेरिकी डलर अर्थात (करिब १६ अर्ब रुपैयाँ) लगानी जुटिसकेको कम्पनीको दाबी छ ।

के हो सौर्य ऊर्जा ?

सौर्य ऊर्जा भनेको सुर्यको किरणबाट प्राप्तहुने ऊर्जा हो । परापूर्वकाल देखिनै मानिसहरुले सुर्यको तापबाट प्राप्त सौर्य ऊर्जालाई जानेर या नजानेर ऊर्जा शक्तिको रुपमा प्रयोग गर्दै आईरहेका छन् ।

पहिले पहिले सूर्यबाट प्राप्त उर्जालाई मानिसहरुले केवल घाम ताप्न, विस्कुन सुकाउन, दाउरा सुकाउन, लुगा सुकाउन तथा अन्य कामका लागि मात्र उपयोग गरेको देखिन्छ ।

पछिल्लो समयमा प्रविधिको विकाससँगै सौर्य ऊर्जालाई संग्रह गरि व्यावसायिक रुपमा समेत उपयोग गरिन थालिएको छ । जलविद्युत शक्तिको अपुग भईरहेको वर्तमान समयमा सौर्य शक्तिलाई विकल्पको रुपमा उपयोग गर्नसके ऊर्जा क्षेत्रको लागि कोषे ढुंगा सावित हुनेमा दुईमत छैन ।

सुर्यबाट प्राप्त हुने प्रकाश र तापलाई विभिन्न सौर्य प्राविधिहरु प्रयोग गरी उपभोगमा ल्याउन सकिन्छ । सौर्य प्यानलहरुको प्रयोग गरी सौर्य ऊर्जालाई विद्युतमा रुपान्तरण गरिएमा त्यसलाई सौर्य फोटोभल्टिक प्रयोग भनिन्छ । यदि सौर्य ऊर्जालाई उज्यालोको लागि नभई तापका लागि प्रयोग गरिएमा यसलाई सौर्य थर्मल (तापिय ) प्रयोग भनिन्छ ।

यसरी सौर्य तथा वायु शक्तिबाट प्राप्त हुने उर्जा, अपुग भईरहेको जलविद्युतको विकल्पमा प्रयोग गर्न सके नितान्त इनअर्गानीक ऊर्जा शक्ति उपभोक्ताले उपभोग गर्न सक्ने अबस्था देखिन्छ ।

यस्तो खालको ऊर्जा शक्तिले वातावरण स्वच्छ हुने मात्र नभई विश्वभर बढिरहेको कार्वन उत्पादन समेत कमि हुने देखिन्छ । सुर्यमा रहेको सौर्य ऊर्जालाई ताप शक्तिमा प्रयोग गरेर विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here