कसरी गरिन्छ कोरोना लागेर मृत्यु भएकाको शव व्यवस्थापन, यस्तो छ कार्यविधि

काठमाडौं, २ चैत । सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कार्यविधि बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कार्यविधि अनुसार कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो गर्न पाईने छैन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन । तर भइहालेमा कसरी शवको व्यवस्थापन गर्ने भनेर सरकारले चैत २५ गते जारी कार्यविधिमा मृृतकका आफन्तले शव चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन भनिएको छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने भनिएको छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मात्र थप २ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेपछि संक्रमितको संख्या १६ पुगेको हो।
नेपालमा संक्रमित भेटिएका एक जना भने उपचारपछि निको भइरसकेका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here