एसियाको आर्थिक वृद्धिमा ठूलो असर, ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण

काठमाडौं, ४ बैशाख । कोरोना भाइरसको महामारीले एसियाली अर्थतन्त्रमा ठूलो असर पर्ने प्रक्षेपण गरिएको छ ।

विशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ ।

सन् २००८ को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको छ । तर महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो ।

यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर आउने अनुमान गरेको छ ।

यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने आईएमएफले जनाएको छ ।

कोषले अर्थव्यवस्थाबारे ‘वल्र्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै बन्दाबन्दीले निम्त्याउने मन्दी एक शताब्दी यताकै ठूलो हुने अनुमान गरेको छ ।

यो मन्दी सन् १९३० को दशकको वैश्विक मन्दीपश्चातको गम्भीर र सन् २००८–९ को वित्तीय संकटभन्दा पनि गहिरो हुने आईएमएफले अनुमान गरेको छ ।

सन् २००९ मा विश्व अर्थतन्त्रमा ०.१ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । सन् २०१९ मा विश्व अर्थ व्यवस्था २.९ प्रतिशतले बढेको थियो ।

कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ ।

प्रभावकारी कदम चाल्न सकेको खण्डमा भने सन् २०२१ मा एसियाको अर्थतन्त्रमा सुधार हुन सक्ने आईएमएफले बताएको छ । कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा खुम्चने अनुमान गरेको छ ।

यसअघि विश्व बैंकले कोरोना संकटका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।

प्रक्षेपणमा दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको थियो।

दक्षिण एशियाका माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रींलकाको आर्थिक वृद्धिदर नै ऋणत्मक हुने बैंकले उल्लेख गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here