सेयर धितो कर्जा: कुन बैंकले कति लिन्छन् ब्याज ?

काठमाडौं, १७ साउन । अघिकाशं बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर ऋण दिइरहेका छन् ।

लामो लकडाउनले आम्दानीमा असर पुर्याएको भए पनि लगानीकर्ताले बैंकमार्फत सेयर धितो कर्जा लिएर बजारमा लगानी गरिरहेका छन्।

लामो समय पछि खुलेको सेयर बजार विस्तारै गति लिने क्रममा रहेको छ । लकडाउनको कारण बजारमा परेको असरलाई मध्येनजर गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंकहरुबाट सेयर धिर्ता कर्जाको सीमा पनि बढाएको छ ।

सेयर धितो राखी प्रदान हुने कर्जामा ७० प्रतिशतसम्म पाइने भएको निती रहेछ । विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिले गरेको छ ।

तर, सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ ।

आर्थिक वर्ष अन्त्य भएपछि बैंकहरुले वर्तमान अवस्थालाई ध्यानमा राखेर सेयर धितो कर्जामा नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर फरक–फरक ब्याजदरमा ऋण दिने गरेका छन् ।

प्रिमियम जोडिने गरी सेयर कर्जा प्रदान गरिरहेको छ। बैंकले सेयर कर्जाको ब्याजदर न्यूनतम ८.०९ देखि अधिकतम ९.३४ प्रतिशत तोकेको छ।

हालसम्म राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायत १ दर्जन बैंकले सेयर धितो कर्जा योजना सार्वजनिक गरेका छन् ।

जसमध्ये नेपाल बैंकले सबैभन्दा सस्तो ९.०४ प्रतिशत ब्याजदरमै सेयरधितो कर्जा योजना ल्याएको छ । नेपाल बैंकले ६.९९ प्रतिशतको आधार दरमा २०५ देखि ५.०२ प्रतिशत प्रिमियम जोडेर न्यूनमत ९.०४ देखि १२.०१ प्रतिशत ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ९.३२ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने भएको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले ९.४९ प्रतिशत ब्याजदरमा सेयरको धितो कर्जा दिने भएको छ । हिमालयन बैंकले पनि ९.८९ प्रतिशत ब्याजदरमा सेयर धित्तो कर्जा योजना ल्याएको छ ।

सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा (लोन एगेनिष्ट सेयर) दिने भएको छ ।

बैंक अफ काठमाण्डूले ८.९१ प्रतिशतको आधार दरमा ०.५ देखि ५ प्रतिशतसम्म जोडिने गरी सेयर धितो कर्जाको व्यवस्था गरेको छ।

सिटिजन्स बैंक बैंकले ९.४ प्रतिशतको आधार दरमा ०.०५ देखि ५ प्रतिशत प्रिमियम ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन ९.९९ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने स्कीम ल्याएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत ब्याजदरमा सांग्रिला सेयर कर्जा योजना ल्यायो छ । यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सीमा प्रदान गरिने तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

माछापुच्छ्रे बैंकले १४.२१ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।

एसबीआई बैंकले १४.२५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । साउन १ गतेबाट लागू हुने गरी उक्त सुविधा दिन थालेको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here