मानवीय पुँजी विकासमा नेपालको उल्लेख्य सुधार, भारत फेरि पछि पर्‍यो

तस्विर: गुगलबाट

काठमाडौं, १ असोज । विश्व बैंकले प्रकाशित गरेको ह्युमन क्यापिटल इन्डेक्स २०२० (मानव पुँजी सूचकांक) मा नेपालले सुधार गरेको छ ।

महामारी अघिको अवस्थामा नेपालको मानव पुँजी विकासमा राम्रो प्रगति गरेको विश्व बैंकले उल्लेख गरेको छ ।

यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।

सूचकमा भातरको भ्यालु ४९ रहेको छ भने नेपालको ५० छ। यसअघि २०१८ मा भारतले यस्तै सूचकमाथि प्रश्न उठाएको थियो।

विशेषगरी गरिब मुलुकमा कोभिड–१९ महामारीले स्वास्थ्य र शिक्षा क्षेत्रमा पछिल्लो १० वर्षमा हासिल उपलब्धि जोखिममा पारेको विश्व बैंकको अध्ययनले निष्कर्ष निकालेको छ ।

नेपालमा बालबालिकाले पूर्ण शिक्षा र स्वास्थ पाएपछि ५० प्रतिशत उत्पादक हुन्छन् । यो दक्षिण एसियाका कुनै पनि देशको तुलनामा राम्रो हो भने न्यून आय भएका मुलुकहरुमा पनि नेपालको सबैभन्दा राम्रो प्रतिफल हो ।

उच्च विद्यालय प्रवेश दरका कारण यस्तो प्रतिफल आएको बैंकले जनाएको छ । मानवीय सूचकांकमा बालबालिका ५ वर्ष बाँच्‍ने सम्भाव्यता, १८ वर्षको उमेरसम्म हासिल हुने शिक्षा अवधी, सिकाइको समय, पुड्कोपना आदिका आधारण गणना गरिन्छ ।

विश्व बैंकका अनुसार नेपालमा जन्मिएका ९३ प्रतिशत बालबालिकामात्र ५ वर्षभन्दा बढी बाँच्छन् । यस्तै १८ वर्षे युवकले १२.३ वर्ष विद्यालय शिक्षा अध्ययन गरेको हुन्छ ।

प्रतिवेदनमा १५ वर्ष पार गर्ने वयष्कमध्ये ८६ प्रतिशत ६० वर्षसम्म बाँच्‍ने उल्लेख छ । यस्तै ५ वर्षभन्दा सानो उमेरमा पुड्को हुने बालबालिकाको अनुपात ३६ प्रतिशत रहेको विश्व बैंकको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here