चाडपर्वकै मुखमा जोखिम मोलेरै रोजगारीको लागि भारत जाने युवाको लर्को

भारत प्रवेश गर्दै नेपाली

काठमाडौं, १४ असोज । संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको छ भारत ।

बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या ९७ हजार ५ सय २९ पुगेको छ । कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७ सय ६३ पुगेको छ भने ५१ लाख ८७ हजार भन्दा धेरै संक्रमित निको भएको छ ।

दैनिक थपिने संख्या हेर्ने हो भारतमा एक प्रकारले कोरोनाको आगो बलिरहेको छ ।

यो भयाभह अवस्थामा अब हामी नेपाली बोर्डरतिर आँखा लगाऔं, जहाँ ६ महिना अगाडी नेपाल फिर्ता हुन ज्यानको बाजी थापेका नेपाली आज भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि लामवद्ध छन् ।

एक जना होइन, १० जना होइन, हजारौं नेपाली यतिबेला सीमापारी धन कमाउन जाने लाइनमा बोर्डरमा झरिसकेका छन् । खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् ।

रोगको डरले स्वदेश फर्कनेभन्दा भोकको डरले भारत धाउनेको हुल पाँच गुणा ठूलो छ । महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  ।

केही समय पहिले कोरोना महामारीका कारण नेपाल आएकाहरु खान लाउन समस्या भएपछि दसैं तिहारको मुखमा रोजगारीका लागि फेरि भारत जान थालेका बताँउछन् ।

देशमा रोजगारीको अवसर नपाएपछि पेट पाल्नकै लागि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता बनेको छ ।

कोरोनाकै प्रभावका बीच केही महिनाअघि घर फर्किएकाहरु अहिले फेरि त्रिनगर–गौरीफन्टा नाका भएर भारत गइरहेका छन् । असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ६ हजार नेपाली भारत पसेका छन् ।

दुई साता यता भारत जाने नेपालीको संख्या उच्च रहेको छ ।

नेपालीलाई लिन भारतीय एजेण्टहरु सीमासम्मै आइपुग्छन । किनकी भारत सरकारले महामारीका बीचमा पनि बन्द गरिएका क्षेत्र सबै खोलीसकेको छ ।

काम शुरु भएको छ । त्यसकारण कामदारको अभाव भारतमा पनि उत्तिकै छ । त्यसकारण अब क्रमशः नेपालीको माग बढेको छ । त्यसो त नजिकिएको चाडबाडमा धेरै जसो मानिस आफ्नो घर फर्कन्छन् ।

परिवारका साथ चाडबाड मनाउँछन् । तर, यो पटक उल्टो भएको छ । ६ महिना अगाडी घर फिर्ता भएका नेपालीको बचेखुचेको पैसा सकिएको छ ।

अब उनीहरुलाई परिवारको माया र नजिकिएको दशैंले पनि घरमा राख्ने अवस्था भएन ।

विश्वमा कोरोना भारइसको महामारी सुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलकमा रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएका नेपालीहरुलाई त्यति बेला तीनै तहका सरकारले रोजगारीको सुनिश्चितता गर्ने ठूला ठूला योजना बनाएपनि रोगभन्दा भोकको डरले महामारीकै बेला विदेशीनु सुदूरपश्चिमबासीको बाध्यता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here