ज्ञान सम्मेलनको निष्कर्षः कोरोना भन्दा नसर्ने रोग भयावह, यसरी गर्न सकिन्छ जोखिम न्यूनीकरण

काठमाडौं, २६ असोज । नेपालमा नसर्ने रोगहरुको अबस्था भयावह बन्दै गएको विज्ञहरुको निश्कर्ष छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलले नेपालमा नसर्ने रोगहरुको अबस्था निकै चुनौतीपूर्ण रहेको निश्कर्ष निकालेको हो ।

कार्यक्रममा बोल्दै डा. अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गरे ।

यी रोगहरुबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उहाँले यी रोगहरुबाट बच्न सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।
४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट नप्रभावित बनेको उनले जानकारी दिए ।

क्यान्सर
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु छन् ।

नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

धुलो, धूँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको विज्ञहरु बताउँछन् ।

चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण पनि विकासशील मुलुकहरुमा यसको समस्या बढ्दै गएको छ ।

मानसिक स्वास्थ्यबारे थप सामग्रीः

मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?

खुकुलो लकडाउनमा कोरोना संक्रमणबाट कसरी बच्ने ? जनस्वास्थ्य विज्ञको २० टिप्स

नियमित व्यायाम गर्दा मानसिक स्वस्थ्यमा के कस्ता फाइदा हुन्छ ?

मानसिक स्वास्थ्य
अस्ट्रेलियामा कार्यरत सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसर भरत नेपालले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडीदेखि नै उठेको बताए । तर कोरोना महामारीका कारण थप यसको जटिलता बढेको छ, उनले भने ।

कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजगारीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको छ ।

मानसिक समस्याकै कारण मानिसहरु आत्महत्या गर्ने अवस्था सम्म पुग्ने गरेको बताउँदै नेपालले पुरुषको तुलनामा ठूलो संख्यामा महिलाहरुले आत्महत्या गर्ने उल्लेख गरे ।

४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृति देखिएको छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवन शैलीमा ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

यो पनि पढ्नुस्ः

कोरोना विरुद्धको खोप लगाउने पहिलो नेपाली बने श्रेष्ठ

मानसिक स्वास्थ्यको लागि हानिकारक छन् यी बानी

कोरोना महामारीपछि अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा मानसिक समस्या

डिस्लेक्सिया
डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए ।

विश्वमा विद्यालय जाने अबस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको छ भने नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको छप ।

सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाई थियो ।

‘डिस्लेक्सिया भएका बच्चाहरु अरु सामान्य बच्चाहरुभन्दा फरक हुन्छन् । उनीहरु सुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँ र बाँट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डिलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ,’ उनले भने ।

डेंगु
प्रा.डा. अन्जना सिंहले नेपालमा डेंगु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस ) पोथी लामखुट्टेको टोकाईबाट लाग्छ ।
नेपालमा २००४ सालमा डेंगु देखिएको थियो ।

‘डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तबमात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ,’ उनले भनिन् ।

यो रोगबाट बच्न घर वरपरको सरसफाइमा ध्यान दिई पानीजम्ने खाल्डाखुल्डी पुर्ने तथा झाडी हटाउनुपर्छ ।

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले नेपालमा अटिजम डिस्लेक्सिया लगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेंगु लगायत नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आबश्यकता भएको औंल्याएकी थिइन् ।

सम्बन्धितः

जनस्वास्थ्य विज्ञको सुझाव: निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनू’- स्वास्थ्य मन्त्रालय

नेपालमा विकशित देशको भन्दा विषादीको प्रयोग कम, स्वास्थ्यमा असर बढी

सरकारले ल्यायो ‘एसएमएस’ विधि सहितको जनस्वास्थ्य मापदण्ड, के गर्ने, के नगर्ने ?

‘शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन ‘- स्वास्थ्य मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here