१२ अर्ब ४१ करोड रुपैयाँको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं, ६ माघ । केन्द्रीय बैंकले हकप्रद शेयरमा कडाई गरेपछि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या घटेको छ ।

वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद सेयरमा कडाई गरेसँगै आवेदन दिने कम्पनीको संख्य घटेको हो । नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार चारवटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

यी चार कम्पनीको कुल १२ अर्ब ४१ करोड ४१ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको १२ करोड ४१ लाख ४१ हजार ३ सय ४६ दशमलव ४० कित्ता शेयर निष्काशन तथा विक्रीका लागि बोर्डको स्वीकृतिका लागि पर्खाइमा रहेका हुन् ।

बोर्डले हकप्रद निश्कासनका लागि परेको निवेदनलाई अगाडि बढाई अनुमति दिएपछि ती कम्पनीहरुलाई शेयर निश्कासन गर्न बाटो खुल्नेछ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले शेयर निश्कासन गरिसक्नुपर्ने हुन्छ ।

कम्पनीले शेयरधनीबाटै पूँजी उठाउन चाहेको अवस्थामा हकप्रद शेयर निश्कासन हुने गरेको छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल असार ३१ गते निवेदन पेश गरेको छ ।

कम्पनीले ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्री गर्नका लागि २०७७ साल असोज २१ गते सेबोनमा निवेदन पेश गरेको थियो । उक्त हकप्रद शेयर निष्काशन तथा विक्री प्रबकन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल जेठ २२ गते सेबोनमा निवेदन पेश गरेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल पुस २३ गते सेबोनमा निवेदन पेश गरेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बोनस शेयर तथा हकप्रद शेयर

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान शेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ भने विद्यमान शेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप शेयरलाई हकप्रद सेयर (राइट शेयर) भनिन्छ ।

बोनस शेयरका लागि शेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण शेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस शेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ ।

हकप्रद शेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण शेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस शेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार शेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here