विद्युतीय यातायात प्रणालीबारे सिक्न चाहानु हुन्छ ? यसरी हुनुहोस् सहभागि

काठमाडौं । नेपालमा विद्युतीय यातायातको व्यवसायले वृहतरुप लिन सकेको छैन् । नाकाबन्दीको समयमा विद्युतीय सवारी साधनको चर्चा धेरै चलेपनि सरकारी नेतृत्वको उदासीनको कारण यो अभियान गफमै सीमित देखिएको छ ।

नेपालमा विद्युतीय यातायात प्रणालीको आवश्यकता, महत्वको बारे धेरैलाई ज्ञान नभएकले पनि जनस्तरबाट कुनै आवाज भने उठ्न सकेन् ।

यूरोपियन यूनियन, चीन जस्ता थुप्रै मुलुकले मात्र होइन, छिमेकी भारतले पनि डिजल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधन सञ्चालन तीव्र रुपमा विस्तार गरेपनि नेपालमा भने ठोस लाभ प्राप्त गर्न सकिने विविध पक्ष सर्वजनिक भएनन् ।

पछिल्लो समय सुन्दर यातायातले विद्युतीय यातायात सुचारु गरेको थियो । भने विद्युतीय यातायात सफा टेम्पो सञ्चालन भै रहेका छन् ।

हामीले विद्युतीय यातायातको दिनहुँ प्रयोग गरेपनि यसको विविध पक्षहरुबारे जानाकारी नभएको पाइन्छ । यसबारे सोलुसनप्लस इयुले साझायातायातको सहकार्यमा अनलाइन कक्षा सञ्चालन गर्न लागेको छ ।

विहिबार साँझ ६:४५ बजेदेखि अनलाइन मार्फत कक्षा शुरु हुन लागेको वातावरणविद् भूषण तुलाधरले क्लाउड पत्रिकालाई बताए । विद्युतीय यातायातको बारेमा सिक्न चाहनेहरुको लागि विभिन्न संघसंस्था मिलेर अन्तराष्ट्रिय स्तरको अनलाइन कोर्स तयार गरिएको उनले बताए ।

कोरोनाको कारण अनलाइन शुरु गरिएको कोर्समा पैसा भने लाग्ने छैन् । नि:शुल्क रुपमा तयारी पारिएको कोर्समा विदेशी तथा स्वदेशीहरुको पनि सहभागिता रहनेछ ।

यसमा कुनै उमेर हद नतोकिएको र यसक्षेत्रका केहि मात्रामा ज्ञान भएको भएमा थप सहज हुने उनको भनाइ थियो । अंग्रेजी माध्यममा हुने भएकाल अंग्रेजी बुझ्नेको लागि भने उपयुक्त हुनेछ ।

विद्युतीय गाडीको प्रविधिक, व्यवसायिक, व्यस्थापन लगायतको बारेमा जानाकारी गराइनेछ । सहभागिहरुको लागि सबै तालिममा अनिवार्य गरिएको छैन् ।

पहिलो दिन परिचयात्मक कार्यक्रम भएकाले उपस्थितको लागि अनुरोध गरिएको छ । त्यसपछि आफ्नो ज्ञानको आधारमा सहभागि हुन पाइनेछ । सहभागि हुनको लागि register.gotowebinar.com मा गएर नाम दर्ता गर्नुपर्नेछ ।

हरितगृह ग्याँसको उत्सर्जन कटौती गरी विश्वव्यापी रूपमा बढिरहेको तापक्रम वृद्धि रोक्न विश्वका विकसित मुलुकले विद्युतीय गाडी विकल्प अघि सारेका हुन् ।

वायु प्रदूषणको कारण देशमा ३७ हजारभन्दा धेरै जनाको मृत्यु हुने गरेको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ । वायु प्रदूषणको प्रमुख स्रोत यातायात हो भनेर सरकारकै अनुसन्धानले पनि बताएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । अहिले विद्युतीय, मोटरसाइकल, गाडी प्रयोग गर्नेको संख्या बढि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here