धेरै खाने बानीले पनि बढ्दैन तौल

काठमाडौं । स्वस्थ तौल कायम गर्न खाना र व्यायाममा ध्यान दिन महत्वपूर्ण हुन्छ भन्ने धेरैलाई थाहा छ ।

तर, केही व्यक्ति अत्यधिक खाने, क्यालोरीको मात्रा धेरै सेवन गर्ने, कुनै व्यायाम नगर्ने हुँदा पनि उनीहरूको तौल नबढ्ने समस्या हुन्छ । उनीहरूको स्लिम फिगरको पछाडिको रहस्य के हुनसक्छ भन्ने धेरै मानिसले एकपटक अवश्य पनि सोचेका हुन्छन् । जति वा जे खाए पनि तौल नबढ्नुको कारण उनीहरूको द्रुत पाचन प्रणाली र मेटाबोलिजम मात्र होइन ।

स्लिम मानिसहरूलाई शरीरको तौल कायम राख्न मद्दत गर्न आनुवांशिकी, पोषण, र व्यावहारिक कारक संलग्न हुन्छन् । प्रत्येक व्यक्ति फरक हुन्छन् र तिनीहरूले आफ्नो तौल कायम राख्न सक्ने तरिकामा पनि विभिन्न कारकमा निर्भर हुन्छ । धेरै व्यक्ति मिठो खानेकुरा पाउँदा वा कसैको अगाडि हुँदा धेरै खाएको देखिए पनि दिनभरिमा उनीहरूले अधिक नखाएको पनि हुन सक्छ ।

एकै पटक धेरै खाएका कारण घरमा कम खाने वा खानाको मात्रा मिलाउने गरेको पनि सम्भव हुन सक्छ । यसको मतलब तिनीहरूको दैनिक क्यालरीको सेवन कम तौलका मानिसजस्तै हुन्छ । जसकारण उनीहरूको तौल नबढेको हुनसक्छ । त्यस्तै, शारीरिक गतिविधिको स्तरले पनि स्लिम व्यक्तिलाई तौल कायम राख्न मद्दत पुर्‍याउन सक्छ ।

शारीरिकरूपमा सक्रिय रहनु भनेको जिममा घण्टौँ खर्च गर्नु वा अत्यधिक व्यायाम गर्नुमात्र हुँदैन । दिनभर केही न केही कामले शारीरिक रूपमा सक्रिय रहनु वा घरको कामले पनि शारीरिक गतिविधिको स्तर बढाउन सक्छ । मानिसलाई आनुवंशिक रुपमा शरीरलाई सार्न प्रभावित गर्छ, जसले उनीहरुलाई पर्याप्त मात्रामा क्यालरी जलाउन र स्वस्थ तौल कायम राख्न मद्दत गर्न सक्ने केही अध्ययनले देखाएको छ ।

यसबाहेक केही व्यक्तिहरूले अरूभन्दा समान व्यायाम गर्दा पनि धेरै क्यालरी जलाउँछन् । यो पूर्ण रूपमा तिनीहरूको आनुवंशिकीमा निर्भर हुनेगर्छ । शरीरमा हुने जीनले शरीरको तौल निर्धारण गर्न भूमिका खेल्ने भए पनि निद्रा, जीवनशैली, बानी, रक्सीको सेवन, खानपान, शारीरिक गतिविधिले पनि एक मानिसको तौललाई निर्धारित गर्छ ।

वास्तवमै तौल घटाउन प्रयास गर्नेहरूले केवल कम खाने वा बढी व्यायाम गर्नेमा ध्यान दिनुभन्दा पनि जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी हुन्छ । यसले शरीरको तौल घटाउन मात्र नभई समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here